+
+

यस्तो थियो पहिलोपटक कल गरिएको मोबाइल फोन

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत २१ गते ७:५२


दुनियाँमा पहिलोपटक मोबाइल फोनमार्फत कल भएको ४५ वर्ष पुगेको छ । आजभन्दा ४५ वर्षअघि अप्रिल ३ का दिन विश्वमा पहिलोपटक मोबाइल कल गरिएको थियो । जुन दिन मोबाइल फोनको इतिहासमा सबैभन्दा महत्वपूर्ण दिनमात्र थिएन, सञ्चार प्रविधिमा क्रान्ति नै सावित भयो ।

मोटोरोला कम्पनीका वैज्ञानिक मार्टिन कूपरले सन् १९७३ अप्रिल ३ मा आफ्ना प्रतिद्वन्दी बेल ल्याब्सका डाक्टर जोएल एस एंगेललाई पहिलोपटक मोबाइल फोनमा कल गरेका थिए । त्योसँगै एंगलले पहिलो फोन पेश गर्ने दौडमा आफ्नो हार स्वीकारे ।

पहिलोपटक फोन कल गरिएको मोबाइल फोनको नाम मोटोरोला डायनाट्याक हो । यो मोटोरोलाको प्रोटोटाइपमा आधारित पहिलो व्यवसायिक फोन थियो ।

अहिले हलुका र स्लिम स्मार्टफोनको जमाना छ । तर पहिलोपटक कल गरिएको उक्त मोबाइल फोनको तौल चाहीँ १ किलो १ सय ग्राम थियो । यसको मोटाई १३ सेन्टिमिटर हुनुका साथै चौडाई ४.४५ सेमी थियो ।  त्यो एउटा इँटा जस्तै थियो । उक्त फोनमा एक एलइडी डिस्प्ले राखिएको थियो ।

उक्त मोबाइल फोन पूरा चार्ज हुनका लागि १० घण्टा लाग्दथ्यो भने एकपटक फूल चार्ज भएपछि जम्मा ३० मिनेटसम्म मात्र चलाउन सकिन्थ्यो । तथापि, फोनको ब्याट्री चाहिँ अहिलेका स्मार्टफोन ब्याट्रीको तुलनामा ४/५ गुणा ठूलो  थियो ।

एजेन्सीकाे सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?