Comments Add Comment

कर्णालीका सांसदको प्रश्न-सरकार प्रहरी प्रशासन कसले चलाउँछ ?

२१ चैत, काठमाडौं । कर्णाली प्रदेशका सांसदहरुले शान्ति सुरक्षालाई लिएर सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

प्रदेशमा बढ्दै गएका हत्या हिंसाका घटनामा प्रहरीको संलग्नता हुनु र मन्त्रीकै गाडी असुरक्षित हुँदा सरकार र प्रहरी प्रशासनमाथि सांसदहरुले प्रश्न उठाएका हुन् ।

बुधबार विहान मध्यपश्चिमाञ्चल विश्वविद्यालयको गेट अगाडि भौतिक पूर्वाधार विकास मन्त्रीको गाडीमा नेविसंघ आवद्ध विद्यार्थीहरुले तोडफोडको घटनालाई लिएर सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

विशेष समयमा बोल्दै सांसद धर्मराज रेग्मीले भने ‘सरकार सुरक्षा निकाय कसले चलाउँछ ? २०० मिटरको दुरीमा मन्त्रीकै गाडी तोडफोट हुँदा, प्रहरीले किन तत्काल रेस्क्यु गर्न सकेन ?’ सायद त्यो घटनाबाट म नबाँचेको भए यो सदनले आज अर्कै प्रास्ताव पारित गर्नुपथ्र्याे होला ?’

त्यस्तै अर्काे सांसद अम्मर थापाले सरकारले शान्ति सुरक्षामा ध्यान दिन नसकेको बताए । उनले भने ‘सरकार आफै असुरक्षित छ, अनि जनताको सुरक्षाको ग्यारेन्टी कसरी गर्छ ?’

सांसद सीता नेपालीले प्रदेशको राजधानीमै दिप्रतिदिन हिंसात्क घटनाहरु भैरहँदा सरकारको सुरक्षा प्रशासन कमजोर रहेको बताइन ।

‘दिनप्रतिदिन महिला हिंसाहरु बढिरहदा पनि सरकारले दोषिलाई कारवाही गर्न किन डराएको छ ?’ उनले प्रश्न गरिन,’सरकारले बलियो सुरक्षा संयन्त्र अपनाउन नसक्दा आज मन्त्रीका गाडीमा तोडफोड भयो ?, सांसदहरुलाई हातपात भएको छ तर सरकारले के हेरेको छ ?’

अर्का सांसद रातो कामीले मन्त्रीको गाडीमा तोडफोड गर्ने जोसुकैलाई पनि तत्काल कारबाही गर्नुपर्ने माग गरे ।

शून्य र विशेष समयमा बोल्ने १४ जना सांसदहरुले प्रदेशको शान्ति सुरक्षा कमजोर रहेको भन्दै गम्भीर ध्यानाकर्षण गराएका थिए ।

केही समयअघि पञ्चपुरी-३ की गौरीकला हत्याकाण्ड र बुधबार विहान भौतिक पूर्वाधार मन्त्रीको गाडीमा भएको तोडफोडका संलग्न जोकोहीलाई पनि तत्काल कानुनी दायरामा ल्याउनुपर्ने सांसदहरुको माग थियो ।

सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै प्रदेशका आन्तिरक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले सरकारले घटनाका दोषिहरुलाई तत्काल कारबाही गर्न प्रतिबद्धता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment