+
+

मोटरसाइकल किन्न दिइएको रकमबाट मोटरबाटो निर्माण

कोही अख्तियार धाउँदै कोही जनसेवा गर्दै

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत २२ गते १४:५६

२२ चैत, ओखलढुंगा । यहाँको चम्पादेवी गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष शुरेश थापाले वडा कार्यालयलाई मोटरसाइक किन्न बिनियोजन गरेको बजेटबाट स्वास्थ्य केन्द्रसम्म जाने बाटो निर्माण गरेका छन् ।

वडा अध्यक्षलाई आवतजावतमा सहज होस् भनरे गाउँपालिकाले मोटरसाइकल किन्न दिएको बजेटबाट आफ्नो वडामा रहेको स्वास्थ्य केन्द्रसम्म जाने बाटो निर्माणका लागि उक्त बजेट खर्च गरेका हुन् ।

गाउँपालिकाले दिएको पाँच लाख बजेट मोटर साइकलभन्दा सर्व साधारण स्वास्थ्य उपचारका लागि जाने बाटो बढी महत्वपूर्ण भएकाले बाटो निर्माण गरेको थापाले जानकारी दिए ।

साविक फुलबारी गाविस हाल दुईवटा वडा भएकाले आफ्नो वडामा स्वास्थ्य चौकी नपरेपछि स्वास्थ्य केन्द्र स्थापना गर्न समेत थापाले जग्गा व्यवस्थापन र भवन निर्माणका काममा अगुवाइ गरेका थिए । अन्य वडाले उक्त रकम सवारी साधन किन्न खर्च गरेका छन् ।

‘मोटरसाइकल किने म र कर्मचारीले सुविधा पाउने हो, बाटो त वडाकै आवश्यकता हो नि’ थापाले भने- ‘जनताको सेवा गर्न जनप्रतिनिधी भएकाले मेरो आवश्यकता पहिलो होइन ।’

कोही अख्तियार धाउँदै कोही जनसेवा गर्दै

चम्पादेवी गाउँपालिकाका प्रमुख नबराज केशी, प्रशासकीय अधिकृत, लेखापाल र केही वडा अध्यक्ष भ्रष्टाचारको आरोप खेपिरहेका छन् ।

थानीय बासिन्दाले भ्रषचार गरेको अभियोगमा उनीहरु विरुद्ध जिल्ला प्रशासन कार्यालय र अख्तियारमा समेत उजुरी गरेका छन् ।

वडा नं. ४ का वडा अध्यक्ष कृष्ण बहादुर खत्री त मादक पदार्थ सेवन गरेर गाली गलौज गर्दा २४ घण्टा प्रहरी हिरासतमा बसे ।

कर्मचारी जनप्रतिनिधीका यस्ता कामले गाउँपालिकाको बद्नाम भइरहेको छ । तर, त्यही वडाका एक जना अध्यक्षले भने आफुले पाएको सुविधा समेत जनताको हितमा खर्चेर वाही वाही कमाएका छन् ।

वडा अध्यक्ष थापाले आफूले पाउने सुविधा पनि जनताको हितमा खर्च गरेर उदाहरणीय काम गरेको साविक फुलवारी गाविसका पूर्व अध्यक्ष खड्गबहादुर कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?