+
+

भारतविरुद्ध चार वाम एक ठाम ! ओलीको भारत भ्रमणको निन्दा

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत २३ गते १:३४

२२ चैत, काठमाडौं । चुनावमा एमाले र माओवादीसँग मिलेर संसदमा एक सिटको प्रतिनिधित्व गर्दै आएको चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले अन्ततः नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग गठबन्धन गरेको छ । यो गठबन्धनमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र ऋषि कट्टेल नेतृत्वको नेकपासमेत सहभागी भएका छन् ।

चारवटा वामपन्थी समूहले विहीबार गठबन्धनको घोषणा गर्दै ओली सरकारको भारत नीतिविरुद्ध आन्दोलनको कार्यक्रमसमेत घोषणा गरेका छन् ।

चारदलको संयुक्त बैठकपछि जनमोर्चाको मातृपार्टी नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह र माओवादी नेता मोहन वैद्यका साथै ऋषि कट्टेल र खड्गबहादुर विश्वकर्मा प्रकाण्डद्वारा हस्ताक्षरित विज्ञप्तिमा केपी ओलीले भारत भ्रमणका क्रममा पुराना असमान सन्धीलाई निरन्तरता दिन लागेको भन्दै आपत्ति जनाइएको छ ।

साथै प्रधानमन्त्री ओलीले दिल्लीमा मोदीसँग मिलेर अरुण तेस्रो जलविद्युत आयोजनाको संयुक्त रुपमा शिलन्यास गर्न लागेको भन्दै चार दलले विरोध गरेका छन् ।

प्रधानमन्त्री ओलीको यो कार्यविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन गर्ने चार दलले जनाएका छन् ।

साथै सरकारले विप्लव समूहको शान्तिपूर्ण कार्यक्रममा दमन गरेको भन्दै विज्ञप्तिमा आपत्ति जनाइएको छ ।

आगामी बैशाख ३ गते चार पार्टीको आयोजनामा राष्ट्रियतासम्बन्धी अन्तरक्रिया गर्ने जनाइएको छ ।

साथै चारवटै पार्टीले आगामी दिनमा पार्टी एकीकरणका लागि छलफल गर्दै अघि बढ्ने निर्णयसमेत गरेेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?