
२३ चैत, काठमाडौं । जनता बैंक नेपाल ८ वर्ष पुरा गरेर ९औं वर्ष प्रवेश गरेको छ । नवौं बर्ष प्रवेशको अवसरमा समाजप्रतिको दायित्व पुरा गर्न बैंकले प्रभातफेरी , निःशुल्क स्वास्थ्यसिविर, रक्तदान र वित्तीय सहयोग कार्यक्रम आयोजना गरेको छ ।
बैकिङ साक्षरता सम्बन्धी चेतनामुलक ब्यानर र प्लेकार्ड सहित सम्पन्न भएको प्रफातफेरी कार्यक्रममा बैंक संचालक समितिकाअध्यक्ष, संचालकहरु, र काठमाडौं उपत्यकाकाशाखामा रहेका सबै कर्मचारीहरुको सहभागिता रह्योे । यस्तै प्रकारको प्रभातफेरी कार्यक्रम उपत्यकाबाहिर रहेका अन्यशाखाहरुले पनि सम्पन्न गरेका छन् ।
बैंकले चौतारा शाखा, सिन्धुपाल्चोकमा निःशुल्क बृहत स्वास्थ्य शिविरको आयोजना गरेको छ । स्वास्थ्य शिविरमा करीव ५ सय भन्दाबढी महिलाहरुले स्त्री तथा प्रसुति रोग सम्बन्धि परिक्षण गराएका छन् । परिक्षणमा आएका मध्ये आङ खस्ने सम्बन्धी समस्याको अपरेशन गर्नुपर्ने बिरामीको निःशुल्क अपरेशनको व्यवस्था मिलाइएको छ ।
सो शिविरमा निःशुल्क औषधि वितरण गरिएको थियो । यसैगरी नयाँबानेश्वर शाखामा निःशुल्क थायोराइड परिक्षण शिविर राखिएको छ । साथै धनगढी शाखा, कैलालीमा निःशुल्क डेन्टल, आँखा र जनरल मेडिसिन परिक्षण शिविर संचालनमा ल्याईएको छ । उक्त सिविरमा पनि बिरामीहरुलाई आवश्यक औषधि निःशुल्क वितरण गरिएको छ ।
शनिबार नयाँ बानेश्वर शाखामा निःशुल्क बृहत स्वास्थ्य शिविरको आयोजना हुने भएको छ । उक्त शिविरमा स्त्रीतथा प्रसुति रोग, हाडजोर्नी ग्यास्ट्रो, नाक, कान, घाँटी र जनरल मेडिसिनसम्बन्धी निःशुल्क परिक्षण हुनेछ ।
बैंकले नयाँबानेश्वर, बिराटनगर, हेटौडा, नारायणघाट, पोखरा, वुटुवल, भैरहवा, नेपालगञ्ज र धनगढीशाखामा रक्तदान कार्यक्रम आयोजना गरेको छ । सोही अवसरमा नागरिक समाज प्रतिष्ठान दमकको जेष्ठ नागरिक आवासमा भान्सा कोठा सुधारको लागि रु. २५ हजार नगद र समाजकल्याण आँचल अनाथालय महेन्द्रनगरका २० जना विद्यार्थीहरुलाई पोषाक र करिव रु. १० हजारको खाद्यान्न वितरण गरिएको छ ।
बैंकले देशको विभिन्न भागका सरकारी स्कूलमा अध्ययनरत वालवालिकालाई नियमित छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । यसै अवसरमा विभिन्न विद्यालयका ४४ जना विद्यार्थीलाई रु. २ लाख २० हजार छात्रवृत्ति वितरण गरिएको छ । बैंकले हाल देशभर रहेका १ सय ६ शाखाकार्यालय मार्फत सेवा प्रदान गर्दै रु. ५३ अर्ब निक्षेप संकलन तथा रु. ५० अर्ब कर्जा प्रबाह गरेको छ ।
प्रतिक्रिया 4