+
+

प्रधानमन्त्री ओलीले दिए मोदीलाई नेपाल भ्रमणको निम्तो

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत २४ गते १६:५९


२४ चैत, नयाँदिल्ली । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।

तीन दिने भारत भ्रमणको दोस्रो दिन दुई देशको प्रतिनिधिमण्डलको भेटमा ओलीले छिटो भन्दा छिटो नेपाल भ्रमण गर्न ओलीलाई निमन्त्रणा गरेका हुन् । मोदीले निमन्त्रणा स्वीकार गर्दै भ्रमणको मिति कुटनीतिक च्यानलबाट टुंगो लगाउने बताएका छन् ।

प्रधानमन्त्री ओलीको भारत भ्रमणको क्रममा मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको शिलान्यास गरिएको छ । त्यस्तै वीरगञ्जमा निर्माण भएको एकीकृत सुरक्षा जाँच चौकीको उद्घाटन गरिएको छ ।

ओलीको भारत भ्रमणका क्रममा ३ फरक विषयमा पनि सहमति भएको छ । जसमा कृषि, रक्सौल काठमाडौं रेलवे लिंक विस्तार र नेपाल र भारतबीच जलमार्ग विस्तार पनि रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?