+
+
Shares

ओलीको निष्कर्ष: भारतमा दुईवटा भ्रम रहेछन् !

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत २४ गते २०:५०


२४ चैत, नयाँदिल्ली । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणका क्रममा यहाँका नेता र बुद्धिजीवीहरुमा आफूले दुईखाले भ्रमहरु पाएको बताएका छन् । र, ती भ्रमबाट मुक्त हुन ओलीले भारतीयहरुलाई आग्रह गरेका छन् ।

शनिबार साँझ इण्डिया फाउन्डेसनले आयोजना गरेको नागरिक अभिनन्दनमा सहभागी भएका ओलीले भने- मैले यहाँ दुईखाले भ्रमहरु रहेको पाएँ, एउटा कम्युनिष्ट सरकार आएपछि लोकतन्त्र संकटमा पर्छ कि भन्ने भ्रम रहेछ, अर्को चाहिँ नेपाल कुनै एउटा देश (चीन) तिर ढल्कने हो कि भन्ने भ्रम रहेछ ।

प्रधानमन्त्री ओलीले यी दुवै भ्रमहरुबाट मुक्त हुन भारतीयलाई आग्रह गरे । नेपालमा जुन शक्तिले लोकतान्त्रिक संविधान बनायो, अहिले त्यही शक्ति सरकारमा रहेकाले निजी क्षेत्रले कम्युनिष्ट सरकारबाट आत्तिनुनपर्ने ओलीले बताए । साथै आफू स्वयं लोकतन्त्रका लागि लडेको र १५ वर्षसम्म जेल बसेको व्यक्ति भएकाले लोकतन्त्रप्रति प्रतिवद्ध रहेको ओलीले बताए । साथै देशका वामपन्थी पार्टीहरु आपसमा ‘मर्ज’ हुन लागेको उनले जानकारी दिए ।

त्यसैगरी चीनको नाम नलिई ओलीले नेपाल कुनै एउटा देशतिर ढल्किने हो कि भन्ने भ्रम नराख्न भारतीयहरुलाई आग्रह गरे । उनले भने- हामी कतै ढल्कँदैनौं, समानताका आधारमा सबै छिमेकीसँग सम्बन्ध राख्छौं ।

आफूलाई अभिनन्दन गर्ने कार्यक्रममा लिखित मन्तव्यका साथै केहीबेर हिन्दीमा समेत बोलेका ओलीले नेपालको संविधान समावेशी रहेको भन्दै संविधानबारे भ्रम नराख्न भारतीय पक्षलाई आग्रह गरे ।

तीनदिने भारत भ्रमणका क्रममा दिल्ली आएका ओलीका औपचारिक कार्यक्रमहरु सकिएका छन् । आइतबार दिल्ली बाहिर कृषि विश्वविद्यालयको निरीक्षण र केही भेटघाटपछि उनी नेपाल फर्कने कार्यक्रम छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?