+
+
Shares

सिरियाको गुटामा रसायनिक ग्यास आक्रमण, ७० को मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत २५ गते ७:४५

२५ चैत, काठमाडौं । सिरियाको गुटास्थित डउमा क्षेत्रमा रसायनिक ग्यास आक्रमण हुँदा कम्तीमा ७० जनाको मृत्यु भएको छ ।

गुटा क्षेत्रमा विद्रोहीविरुद्ध सरकारी सेनाले आक्रमण गर्दै आएको छ । सिरियाली सेनालाई रुसले सघाइरहेको छ ।

गुटाको डउमा क्षेत्रमा टक्सिक ग्यास आक्रमण भएको समाचारहरु आइरहे पनि यसको स्वतन्त्र रुपमा पुष्टि हुन भने बाँकी रहेको बीबीसीले जनाएको छ ।

अमेरिकी विदेश मन्त्रालयले घटनाको अनुगमन गरिरहेको र यस रसायनिक आक्रमणको जिम्मेवारी सिरियालाई सघाइरहेको रुसले लिनुपर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?