Comments Add Comment

प्रदेश ३ : मुख्यमन्त्रीको तलब ६१ हजार, मन्त्रीहरुले कति पाउँछन् ?

२५ चैत, हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्रीले मासिक ६१ हजार रुपैयाँ तलब पाउने भएका छन् । सञ्चार लगायतका सुविधा जोड्दा मासिक ७५ हजार बुझ्नेछन् ।

प्रदेश सरकारले प्रदेशसभामा मुख्यमन्त्री, मन्त्री र सांसदहरुको तलब सुविधासम्वन्धी विधेयक पेश गरेको हो । सोमबारको बैठकबाट विधेयक पास गर्ने कार्यसूची छ ।

प्रस्तावअनुसार मुख्यमन्त्रीले ६० हजार ९७० रुपैयाँ पारिश्रमिक पाउनेछन् भन सञ्चार खर्च ५ हजार र अतिथि सत्कारका लागि १० हजारका रुपैयाँ पनि दिइनेछ ।

मुख्यमन्त्रीलाई एउटा आवास पनि दिइनेछ । सुरक्षा प्रयोजनका लागि आवश्यक परे थप एक वारी साधनसमेत उपलब्ध गराउन सकिने विधेयकमा व्यवस्था छ ।

मन्त्रीले ५२ हजार, राज्यमन्त्रीले ४९ हजार र सहायकमन्त्रीले ४७ हजार पारिश्रमिक पाउनेछन् । मन्त्रीहरुले सञ्चार खर्च ३ हजार र अतिथि सत्कारका लागि ५ हजार पाउनेछन् । यो जोड्दा प्रदेश ३ का मन्त्रीले मासिक ६० हजार रुपैयाँ बुझ्नेछन् ।

राज्यमन्त्री र सहायकमन्त्रीले समान २ हजार सञ्चार र ३ हजार अतिथि सत्कार खर्च पाउनेछन् । यो जोड्दा राज्यमन्त्रीले मासिक ५४ हजार र सहायकमन्त्रीले ५२ हजार रुपैयाँ बुझ्नेछन् ।

प्रदेश सरकारले मन्त्री, राज्यमन्त्री र सहायकमन्त्रीलाई आवास सुविधा दिने बताएको  छ । निजी घरमा बस्ने मन्त्रीहरुलाई वाषिर्क १ लाख ३० हजार, राज्यमन्त्रीलाई १ लाख १० हजार र सहायमन्त्रीलाई १ लाख घर मर्मत खर्च दिइनेछ ।

सबैले एकमुष्ट एक लाख फर्निचर खर्च पाउनेछन् । भाडाको घरमा बसे मन्त्रीलाई २७ हजार, राज्यमन्त्रीलाई २५ हजार र सहायकमन्त्रीलाई २० हजार घरभाडा दिइनेछ । आफ्नै घरमा बस्नेहरुले घरभाडा लिन पाउने छैनन् ।

सरकारी विधेयक अनुसार मुख्यमन्त्रीले दैनिक भ्रमण भत्ता ३ हजार पाउनेछन् भने विदेश जाँदा २५० डलर पाउनेछन् । मन्त्रीले स्वदेशमा २५ सय र विदेशमा २०० डलर तथा राज्यमन्त्री र सहायकमन्त्रीले स्वदेशमा २ हजार र विदेशमा १७५ डलर दैनिक भ्रमण भत्ता पाउनेछन् ।

यो पनि पढ्नुस्ः प्रदेश ३ का सांसदको तलब ४५ हजार, प्रदेशसभा मात्र बार्षिक साढे १३ करोड खर्च

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment