Comments Add Comment

प्रदेश ३ का सांसदको तलब ४५ हजार, प्रदेशसभा मात्र बार्षिक साढे १३ करोड खर्च


२५ चैत, हेडौंडा । प्रदेश ३ का सांसदहरुले मासिक ४५ हजार तलब पाउने भएका छन् । सञ्चार, बैठक भत्ता लगायत जोड्दा प्रत्येक सांसदले ७० हजार बढी बुझ्छन् ।

प्रदेश ३ को प्रदेशसभा ११० सदस्यीय छन् । जसमा उपसभामुख, विपक्षी दलका नेता र प्रमुख सचेतक र समिति सभापतिहरुको सेवा सुविधा यो भन्दा बढी छ । प्रदेशसभाका पदाधिकारी र सस्दयको पारिश्रमिक तथा सेवा सुविधामा मात्र बार्षिक साढे १३ करोड खर्च हुने प्रदेश सरकारको अनुमान छ ।

सरकारले प्रदेशसभाका सभामुखलाई मासिक ५३ हजार पारिश्रमिक प्रस्ताव गरेको छ । सभामुखले मासिक ३ हजार सञ्चार सुविधा, २ हवार निजी सचिवालय बन्दोबस्त खर्चका साथै प्रत्येक बैठकमा ७५० बैठक भत्ता पाउनेछन् ।

सभामुखलाई सरकारी आवास उपलब्ध हुनेछन् भने दैनिक २५० रुपैयाँ भ्रमणभत्ता दिइनेछ ।

उपसभामुख र विपक्षी दलको नेतालाई समान ५०/५० हजार मासिक पारिश्रमिक तोकिएको छ । मुख्य सचेतक, प्रमुख सचेतक र समिति सभापतिहरुले मासिक ४९ हजार र दलका प्रमुख सचेतकले ४७ हजार तलब पाउनेछन् ।

उपसभामुख, विपक्षी दलका नेता, मुख्य सचेतक, प्रमुख सचेतक र समिति सभापतिहरुले २ हजार सञ्चार सुविधा पाउनेछन् ।

उपसभामुखलाई सरकारी आवास दिइनेछ भने अरुले मासिक ३५ हजार घरभाडा पाउनेछन् । दलका प्रमुख सचेतकलाई आवास सुविधासांसद समान मासिक १५ हजार तोकिएको छ ।

प्रदेश सरकारका अनुसार मासिक पारिश्रमिकमा मात्र बर्षमा साढे ६ करोड खर्च हुनेछ । यदि वर्षमा १०० दिन मात्र प्रदेश सभा बस्ने हो भने बैठक भत्तामा मात्र ८२ लाख ५० हजार खर्च हुनेछ ।

यातायात खर्च, बैठक भत्ता सबै जोड्दा प्रदेशसभाका पदाधिकारी र सस्दयको पारिश्रमिक तथा सेवा सुविधामा मात्र बार्षिक साढे १३ करोड खर्च हुने प्रदेश सरकारको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment