Comments Add Comment

आईपीएलमा कीर्तिमान : राहुलले हाने १४ बलमै अर्धसतक


२५ चैत, काठमाडौं । इन्डियन पि्रमियर लिग (आईपीएल) क्रिकेटमा किंग्स इलाभेन पञ्जाबका लोकेश राहुलले सबैभन्दा कम बलमा अर्धसतकको कीर्तिमान बनाएका छन् ।

आइतबार दिल्ली डेयरडेभिल्सविरुद्धको खेलमा उनले १४ बलमै अर्धसतक हानेका हुन् ।

उनले ४ छक्का र ६ चौकाको मद्दतले अर्धशतक पूरा गरेका हुन् ।

यसअघि आईपीएलमा सबैभन्दा छिटो अर्धशतक पूरा गर्ने कीर्तिमान युसुफ पठान र सुनिल नारायनको नाममा थियो ।

पठानले कोलकाताबाट खेल्दा सन् २०१४ मा हैदराबादविरुद्ध १५ बलमा अर्धसतक पुर्‍याएका थिए । यस्तै नारायनले सन् २०१७ मा कोलकाताबाट खेल्दा बैंगलोरविरुद्ध १५ बलमै अर्धसतक हानेका थिए ।

कम बलमा अर्धशतक पूरा गरेका राहुल ५१ रन बनाउँदा टे्रन्ट बोल्टको बलमा क्याच आउट भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment