Comments Add Comment

साम्राज्ञीको स्टारडम ‘तिमी सँग’ले कति चम्कियो ?


चलचित्र क्षेत्रमा अहिले केहि कलाकारको स्टारडमको चर्चा खुबै छ । यी कलाकारहरुले हलसम्म दर्शक तान्ने क्षमता राख्छन् पनि भनिन्छ । यी थोरै मात्र कलाकारको भीडमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह पर्छिन् ।

साम्राज्ञीले अभिनय गरेको पछिल्लो चलचित्र ‘तिमी सँग’ हलमा चलिरहेको छ । यो चलचित्रले ३ दिनमा ७० लाख भन्दा माथिको ग्रस कलेक्शन गरेको छ । मल्टिप्लेक्समा ‘बागी २ र शत्रुगते’को कारण कम हल पाएको यो चलचित्रले गरेको व्यापारलाई सुखद मान्न सकिन्छ ।

यो चलचित्र चल्नुको मुख्य कारण नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको स्टारडमलाई मानिएको छ । साम्राज्ञीकै कारण यो चलचित्रले सिंगल र मल्टिप्लेक्समा राम्रै कमाई गरेको हो ।

यो बर्ष चलचित्र ‘ए मेरो हजुर २’ले बक्स अफिसमा आक्रामक व्यापार गरेका कारण चम्किएकी साम्राज्ञीले दर्शक हलमा राख्ने क्षमता राखेकी छिन् । यसैले, पनि उनको स्टारडम रहेको र उनले यसलाई जोगाउन आवश्यक रहेको विश्लेषण गर्न थालिएको छ ।

शिशिर रानाले निर्देशन गरेको यो चलचित्रमा आकाश श्रेष्ठ र नाजिर हुसेन पनि मुख्य भूमिकामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment