Comments Add Comment

सलिनसँग जोडी नबाधिएपछि ‘चौका दाउ’मा बर्षा


नायिका बर्षा राउत र चकलेटी नायक सलिनमान बनियाँविचको जोडी एक चलचित्रमा बाधिने कुरा थियो । तर, विविध कारणले यो जोडी पर्दामा देखिन पाएन । निर्माता केशव भट्टराइले निर्माण गर्न लागेको चलचित्रमा सलिन फाइनल भएको चर्चा छ । साथमा, यो चलचित्रका लागि नायिकाको रुपमा बर्षा राउतलाई पनि फाइनल गरिएको थियो ।

तर, अहिले आएर बर्षाले चलचित्रमा काम नगर्ने भएकी छिन् । निर्माणपक्षसँगको समझदारीमै बर्षाले चलचित्र छाडेकी हुन् । बर्षाले एक विज्ञापनमा काम गर्नका लागि प्रतिवद्धता दिइसकेकी थिइन् । निर्माणपक्षले भने सो विज्ञापन नखेल्न भनेपछि बर्षाले चलचित्र छाडेको बताइन् ।

अहिले, निर्माता केशव भट्टराई चलचित्रका लागि नायिका खोजिरहेका छन् । यो चलचित्रमा काम नगरेपछि बर्षाले चलचित्र ‘चौका दाउ’मा संझौता गरेकी छिन् । पुनेन्द्रु झाले निर्देशन गर्न लागेको चलचित्रमा नायिका राउतले संझौता गरेकी हुन् । निर्देशक झाले फेसबुकमार्फत यो कुराको पुष्टी समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment