+
+

एनएमबी बैंकले किसानलाई बाड्यो बेमौसमी तरकारी विउ

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत २७ गते ११:१९


२७ चैत, काठमाडौं । एनएमबी बैंकले आफ्नो संस्थागत समाजिक उत्तरदायित्व अन्र्तगत सप्तकोशी नगरपालिका वडा नं ४ बर्लादहका किसानहरुलाई रु. ८ लाख पचास हजार मुल्य वरावरको ११ किसिमका बेमैसमी तरकारीका विउ वितरण गरेको छ ।

 

बैंकले व्यवसायीक खेतीमा सहयोग पुग्ने उद्देश्यले तरकारी खेती, नगदेवाली, अन्नवाली लगायत अन्य वालीहरु लगाउन १ सय २३ जना किसानहरुलाई विउ प्रदान गरेको हो ।

सोही कार्यक्रममा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र अष्ट्रेलियन सरकारको संयुक्त सहयोगमा सप्तरी जिल्लाका २३ किसानलाई सोलार पम्प समेत वितरण गरेको छ ।

कार्यक्रममा मन्तव्य राख्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल के. सीले कृषिमा गरिने लगानीले देशको दिगो बिकाशमा टेवा पुग्ने र वास्तविक अर्थतन्त्रमा समेत लगानी हुने भएकाले बैंकले इसिमोड र अष्ट्रेलियन सरकारको संयुक्त सहकार्यमा व्यवसायीक तरकारी खेतीका लागि पहल गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?