+
+

उत्तरी गोरखामा गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १४ गते १९:३३

१४ भदौ, गोरखा । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–३ सिर्दिवासकी एक गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार भएको छ ।

सामान्य रुपमा बच्चा जन्माउन नसकेपछि २२ बर्षिया रितु गुरुङलाई वुधवार नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको हो ।

गाउँपालिकाका प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठका अनुसार उनी मंगलवारदेखि नै सिर्दिवास स्वास्थ्यचौकीमा भर्ना भएर बसेकी थिइन् ।

‘अघिल्लो दिनदेखि नै व्यथा लागेर स्वास्थ्य संस्थामा भर्ना भएर बस्नु भएको रहेछ,’ उनले भने, ‘भोलिपल्टसम्म पनि बच्चा जन्माउन नसकेपछि दिउँसो करिव साढे चार बजेतिर हामीलाई खवर भयो, तत्काल हामीले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गर्‍यौ, ६ बजे हेलि आएर उद्धार गर्‍यो।’

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत उद्धार भएकी ती महिलालाई काठमाडौ लगिएको उनले जानकारी दिए । सिर्दिवास स्वास्थ्यचौकीका इन्चार्ज सचिता पौडेलका अनुसार ती महिलाको शल्यक्रिया मार्फत सुत्केरी गराइएको छ ।

आमा र बच्चा दुवैका स्वास्थ्य अवस्था सामान्य समेत रहेको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?