Comments Add Comment

कपिललाई आपत्माथि आपत्, नयाँ शो बन्द हुने संघारमा 

भारतीय कमेडीयन कपिल शर्माको करिअर संकटग्रस्त अवस्थाबाट गुजि्ररहेको छ । उनको फिल्म फिरंगी बक्स अफिसमा धराशयी भयो । अब उनले भर्खरै ल्याएको नयाँ टेलिभिजन शो ‘फेमिली टाइम विथ कपिल’ बन्द हुने संघारमा पुगेको समाचारहरु आइरहेका छन् ।

गत २५ मार्चमा यो शो सोनी टिभीमा सुरु भएको थियो । अहिलेसम्म यसका तीन एपिसोड प्रशारण भएका छन् । तर च्यानलले शो बन्द गर्ने मुड बनाइसकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अघिल्लो हप्ता सोनी टिभीले कपिलको शो प्रशारण गरेन । सो एपिसोड सुट नै हुन सकेको थिएन । सूत्रका अनुसार यो साताको शनिबार र आइतबारको प्रशारणका लागि पनि अहिलेसम्म एपिसोड सुट भएको छैन । च्यानलसँग शोको कुनै एडभान्स एपिसोड पनि छैन । सूत्रका अनुसार कपिल एकदम चुपचाप छन् । उनको फोन पनि प्राय ‘नट रिचेबल’ हुने गरेको छ ।

अघिल्लो साता आफ्नो बर्थ डेमा पनि कपिलको फोन पूर्णरुपमा बन्द थियो । उनले कसैसँग भेटघाटै गरेनन् ।

एक सूत्रको हवाला दिँदै आजतकले जनाएअनुसार सोनी च्यानलले सोमबार नै कपिलको शो अफ एयर गर्ने निर्णय लिइसकेको छ । खासमा कपिलको अनप्रोफेसनल रवैयाबाट च्यानल हैरा नबनेको थियो । उनले नयाँ शोका लागि सेलिबि्रटीहरुलाई बोलाउने तर सुट क्यान्सील गर्ने गरिरहेका थिए । यद्यपि पछिल्लो साता टिआरपीमा कपिलको शोले टप टेनमा स्थान बनाउन सफल भएको थियो । लामो समयपछि कपिलको शो टिभीमा आएकाले टिआरपी राम्रो हुनु स्वाभाविकै थियो । अब नयाँ टिआरपी हेरेर उनको कार्यक्रमको लोकप्रियता मापन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment