Comments Add Comment

मनिष र मलिनाको यस्तो रोमान्स


चलचित्र ‘तिमी हुन्छौ जहाँ जहाँ’को शिर्ष गीत रिलिज भएको छ । काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रेमले भरिएको शिर्ष गीत रिलिज गरिएको हो ।

बी एन्ड बी फिल्मस्को प्रस्तुतिमा तयार भएको चलचित्रको शिर्ष गीतमा मुख्य कलाकारहरु मलिना जोशी र मनिष सुन्दर श्रेष्ठलाई फिचरिङ गरिएको छ ।

गीतमा अन्जु पन्त र फिरोज बस्नेतको स्वर छ भने अर्जुन पोखरेलको शब्द तथा संगीत छ । चलचित्रमा मनिष र मलिनाको अलवा स्वरुप पुरुष ढकालको पनि मुख्य भूमिका छ । चलचित्रमा कविराज गहतराज र रेनशा वान्तवा राइको कोरियोग्राफी, रामशरण उप्रेतीको छायांकन, माधव घिमिरेको पटकथा तथा संवाद, रोशन श्रेष्ठको एक्सन, भूपेन्द्र अधिकारी र मुकेश शाहको सम्पादन छ ।

मदन दवाडी प्रस्तुतकर्ता रहेको चलचित्रमा चन्द्र दवाडी, हरिप्रसाद अधिकारी निर्माताको रुपमा छन् । प्रकाश बास्कोटा कार्यकारी निर्माता रहेको यो चलचित्रमा विना कार्कीको सह-लगानी छ । चलचित्रको लेखन तथा निर्देशन विकास बस्यालले गरेका हुन् ।

यो गीत सुमधुर छ । भिडियोलाई पनि उत्कृष्ट लोकेशनमा खिचिएको छ । मलिना र मनिषले यसअगाडि चलचित्र ‘रानी’मा पनि एकसाथ काम गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment