Comments Add Comment

फुटबल क्लबहरुको प्रश्नः लिग नै नहुने भए किन टिम बनाउने ?

एन्फाको चुनाव छिटो गराउन माग

२८ चैत, काठमाडौं । फुटबल क्लबहरुले अखिल नेपाल फुटबल संघ (एन्फा) को चुनाव छिटो गर्न माग गरेका छन् ।

चैत १४ मा हुने भनिएको चुनाव अदालतको आदेशका कारण स्थगित भएपछि अर्को मिति तय हुन सकेको छैन । फुटबल क्लब समन्वय समितिले बुधबार पत्रकार सम्मेलन गरेर यदि एन्फाको चुनाव नहुने हो भने एएफसी र फिफाबाट बजेट आउने र लिग नहुने चिन्ता व्यक्त गरेको छ ।

लिग र एन्फाका कार्यक्रम नहुने हो भने क्लबहरुले खेलाडीसँग सम्झौता गर्नु औचित्यहीन हुने समितिको ठहर छ । उसले भनेको छ, क्लबहरुले किन टिम बनाउने ? खेल नै हुँदैन भने खेलाडी किन राख्ने ? प्रशिक्षक किन नियुक्त गर्ने भन्ने प्रश्नहरु जन्मिएका छन्, जसको उचित जवाफ छैन ।’

समितिले आगामी जेठबाट खेलाडी, प्रशिक्षक र रेफ्रीहरु बेरोजगार बन्ने अवस्था आउनेतर्फ समेत गराएको छ । उसले समयमै उचित निर्णय गरेर एन्फाको चुनाव गर्ने वातावरण बनाउन युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र अदालतको ध्यानाकर्षण गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment