३० चैत, काठमाडौं । कर्णाली प्रदेशको मन्त्रिपरिषद् शुक्रबार साँझ बैठक रारा ताल परिसरमा बसेको छ ।
मुगु जिल्लामा रहेको यो नेपालकै सबैभन्दा ठूलो ताल हो । समुन्द्री सतहबाट २ हजार ९७२ मिटर उचाइमा रहेको रारा तालमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरु पनि पुगेका छन् ।
कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै प्रदेशलाई सहयोग गर्ने बताएका छन् ।
प्रधानमन्त्री ओलीले प्रदेश सरकारले मनाउन लागेको रारा कर्णाली पर्यटन वर्षको उद्घाटन गर्ने कार्यक्रम छ । ओलीले भोलि नै रारा परिसरबाट देशबासीलाई सम्बोधन गर्ने तय भएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4