Comments Add Comment

जुनियर रोनाल्डोले पाए सर्वाधिक गोलकर्ताको ट्रफी

२ वैशाख, काठमाडौं । स्पेनिस क्लव रियल मड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको छोरा जुनिएर रोनाल्डोले आफ्नो स्कुल टिमबाट सर्वाधिक गोलकर्ताको ट्रफी पाएका छन् ।

उनको यो सफलतालाई छोरा पनि बुबाकै पथमा लम्किन थालेको भनेर प्रशंसा भइरहेको छ ।

जुनियर रोनाल्डोले आफ्नो स्कुल टिमबाट फुटबल खेल्ने गर्दछन् । उनले ट्रफी लिएर हजुरआमासँग खिचाएको फोटो सार्वजनिक भएको छ ।

सात वर्षीय छोराले हासिल गरेको सफलतामा रोनाल्डोले पनि इन्स्टाग्राममार्फत बधाइ दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment