+

एन्फाको चुनाव अझै तोकिएन, अनसन बस्ने कर्माको चेतावनी

२०७५ वैशाख  २ गते १९:४८ २०७५ वैशाख २ गते १९:४८
एन्फाको चुनाव अझै तोकिएन, अनसन बस्ने कर्माको चेतावनी

२ वैशाख, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको चुनावको मिति आइतबार पनि तय हुन सकेन । कर्मा छिरिङ शेर्पा नेतृत्वको परिर्वतन पक्षधरले भने केही दिनमा चुनावको मिति नतोके रिले अनसन सुरु गर्ने बताएको छ ।

१४ गतेका लागि तय भएको चुनाव उच्च अदालत पाटनको आदेशले स्थगित भएको थियो । भक्तपुर अध्यक्ष र मकवानपुरका तत्कालीन उपाध्यक्ष अदालत गएका थिए ।

तर, अहिले यो विवाद मिलिसकेको छ । एसियाली फुटबल महासंघ -एएफसी)ले पनि विवाद समाधान भएको प्रशंसा गर्दै छिटो चुनावको मिति तोक्न आग्रह गरेको छ ।

एन्फा पदाधिकारीले आइतबार निर्वाचन समितिसँग परामर्श गरे पनि चुनावको मिति तोकेन । ‘हामी केही दिनमा नै लिखित जवाफ पेश गर्छौ’ एन्फाका सञ्जिव मिश्रले भने, ‘अन्तरिम आदेशको समय सकिएपछि मात्र निर्वाचन समितिले मिति तोक्छ ।’

तर, अध्यक्षमा उम्मेदवार शेर्पाले भने छिटो चुनावको मिति नतोके रिले अनसन सुरु गर्ने बताएका छन् । आइतबार मिति नतोकिएकोमा असन्तुष्टि जनाउँदै उनले भने, ‘३/४ दिनभित्र एन्फाले भ्याकेट र जवाफ लिन नएए अनसन सुरु गर्छौं ।’

एन्फाको अध्यक्षमा कर्मा छिरिङ शेर्पासँगै वर्तमान उपाध्यक्ष मणि कुँवर उम्मेदवार छन् ।

एन्फा नेपाली फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय