Comments Add Comment

दुर्गाको गीतमा प्रियंकाको डान्स


गायिका दुर्गा खरेलको आवाजमा समावेश ‘भेटेरै सुन्नु छ’ बोलको गीतको म्यूजिक भिडियो रिलिज भएको छ । अमृत रेग्मीको शब्द रहेको यो गीतमा अर्जुन पोखरेलको संगीत छ ।

यो भिडियोमा नायिका प्रियंका कार्कीलाई फिचरिङ गरिएको छ । साथमा, पवन शर्मालाई पनि भिडियोमा देख्न सकिन्छ । सुरेन्द्र बस्नेतको कोरियोग्राफी रहेको यो भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् ।

भिडियोमा विकाश दाहालको सम्पादन छ । निशान घिमिरेले यो भिडियोको निर्देशन गरेका हुन् । गीतलाई गायिका दुर्गाले डान्सिङ शैलीमा तयार पारेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment