Comments Add Comment

एन्ड्रोइड फोनका ८ फिचर जुन तपाईंलाई थाहा नहुन सक्छ

हामीमध्ये धेरैले एन्ड्रोइड फोन बोक्छौं । र, यसमा रहेका सीमित फिचरहरु मात्रै हामी प्रयोग गर्छौं ।

एन्ड्रोइड फोन बोक्नेहरुलाई यसको सबै फिचरहरु थाहा हुँदैन । त्यसैले त्यसको लाभ लिनबाट वञ्चित हुन्छन् । यहाँ हामी त्यस्तै काम लाग्ने केही फिचरहरुको कुरा गर्दैछौं, जुन सम्भवतः तपाईंलाई थाहा नहुन सक्छ :

सीमित व्यक्तिहरुलाई मात्र कल गर्ने अनुमति

तपाईंको एन्ड्रोइड डिभाइसमा ‘डु नट डिस्टर्ब’ फिचर हुन्छ जुन ‘प्रायोरिटी अन्ली’ मोडसँगै आउँछ । यो तपाईंलाई महत्वपूर्ण वैठकमा रहेको बेला, फिल्म हेरिरहेको बेला, गाडी हाँकिरहेको बेला वा सुतिरहेको बेला कसैले डिस्टर्ब नगरोस् भन्नका लागि हो । यो फङ्सनलाई जागृत गर्नका लागि सेटिङमा जानुस्, त्यसपछि साउन्डमा जानु र त्यसपछि डु नट डिस्टर्बमा जानुस् ।

त्यहाँ ‘प्रायोरिटी अन्ली सेटिङ्स’मा थिच्नुस् । जसलाई फोन गर्ने अनुमति दिन चाहनुहुन्छ, उनीहरुको नाममा थिच्नुस् । यहाँ तपाईं रिमाइन्डर र इभेन्ट अलर्टलाई प्रायोरिटी मोडमा अफ पनि गर्न सक्नुहुन्छ । कसले कल गर्न सक्छ भनेर छान्न ‘कल्स’ मा थिच्नुस ।

यसमा ‘जोकोहीले’, ‘फ्रम कन्ट्याक्ट्स अन्ली’, ‘फ्रम स्टार्ड कन्ट्याक्ट्स अन्ली’ वा ‘नन’ जस्ता अप्सनहरु हुन्छन् । अर्को अप्सन हो, ‘रिपिट कलर्स ।’ यसलाई सक्रिय गरेमा एउटै व्यक्तिलाई १५ मिनेटको अन्तरालमा फोन गर्न अनुमति प्राप्त हुन्छ ।

घरमा आउनासाथ फोन अनलक

घरमा वा सुरक्षित ठाउँमा रहँदा पनि बारम्बार फोन अनलक गरिरहन तपाईंलाई झ्याउ लाग्छ ? त्यसोभए ‘स्मार्ट लक’ फिचर तपाईंको लागि हो । यसले जीपीएसको प्रयोगबाट तपाईं विश्वसनीय स्थानमा आएपछि स्वत फोन अनलक गर्छ ।

यसका लागि सेटिङमा जानुस, सेक्यूरिटीमा थिच्नुस र स्मार्ट लकमा थिच्नुस् । त्यहाँ तपाईं धरैवटा अप्सनहरु देख्नुहुन्छ । त्यसमध्ये ‘ट्रस्टेड प्लेसेज’ मा ट्याप गर्नुस र त्यो ठाउँ उल्लेख गर्नुस जहाँ तपाईं फोन अनलकमै राख्न चाहनुहुन्छ ।

पर्सनलाइज्ड एड्सबाट मुक्ति

धेरैलाई पर्सनालाइज्ड एड्सले धुरुक्कै रुवाएको हुन्छ । उदाहरणका लागि यदि तपाईंले गुगलमा कुनै टिभीको मोडल हेरिरहनुभएको छ भने आफ्नो डिभाइसमा टिभीका विज्ञापनहरु देख्न थाल्नुहुन्छ । यदि तपाईं आफ्नो गोपनीयताप्रति चिन्तित हुनुहुन्छ र भने सजिलै यो फङ्सनलाई निस्क्रिय तुल्याउन सक्नुहुन्छ ।

यसका लागि सेटिङमा जानुस, त्यसछि गुगलमा थिच्नुस र त्यसपछि एड्समा थिच्नुस । अनि ‘अप्ट आउट अफ एड्स पर्सनलाइजेसन’ लाई सक्रिय तुल्याउनुस । त्यसपछि तपाईंले एउटा पप देख्नुहुनेछ, जसमा लेखिएको हुन्छ । त्यसको ओकेमा थिच्नुस, काम तमाम ।

मुटुको चाल नाप्ने

एन्ड्रोइड फोनबाट तपाईं आफ्नो मुटुको चाल मापन गर्न सक्नुहुन्छ । यसका लागि प्ले स्टोरमा जानुस र ‘इन्स्टान्ट हर्ट रेट’ इन्स्टल गर्नुस । एप खोल्नुस र आफ्नो चोरी औंलाको टुप्पोलाई फोनको क्यामरा लेन्समाथि राख्नुस् । केही सेकेन्डमै एपले तपाईंको मुटुको चाल स्क्रिन देखाउनेछ ।

स्क्रिन म्याग्निफायर

कमजोर दृष्टि भएका व्यक्तिहरुलाई यो फिचर निकै काम लाग्छ । यसका लागि सेटिङमा जानुस, त्यसपछि एक्सेसिबिलिटीमा थिच्नुस र म्याग्नेफिकेसन गेस्चर्समा थिच्नुस । त्यसपछि तपाईं डिस्प्लेको कुनै पनि स्थानमा तीनपटक छिटोछिटो औंलाले थिचेर त्यसलाई ठूलो बनाउन सक्नुहुन्छ ।

‘गेस्ट मोड’ टर्न अन गर्ने

तपाईंले आफ्नो फोन कसैलाई चलाउन दिँदा उसले यसभित्रका सामग्रीहरु नहेरो्स भन्ने चाहनुहून्छ ? त्यसो भए यसो गर्नुस् । कसैलाई मोबाइल फोन दिनुभन्दा अगाडि नोटिफिकेसन ड्रयर्सलाई तल तान्नुस् र ‘अवतार’ मा थिच्नुस् ।

त्यहाँ तीनवटा अप्सन देखिनेछन् । त्यसमध्ये ‘एड गेस्ट’ मा थिच्नुस् । त्यसपछि गेस्ट मोडमा फोन जान्छ । यति गरेपछि अर्को व्यक्तिले तपाईंको फोनको व्यक्तिगत डाटाहरु हेर्न सक्दैन । मोबाइल फेरि आफ्नो हातमा आएपछि त्यसैगरी नोटिफिकेसन ड्रयरलाई तल तान्नुस र ‘रिमुभ गेस्ट’ मा थिच्नुस् ।

रंग बदल्ने

यसबाट तपाईंलाई रातको समयमा आँखामा धेरै दवाव नपर्ने गरी मोबाइल हेर्न सजिलो हुन्छ । यसका लागि खाली सेटिङमा जानुस्, त्यसपछि एक्सेसिबिलिटीमा जानुस र कलर इन्भर्सनलाई एक्टिभ गर्नुस् ।

अन्य डिभाइसबाट क्रोमको ट्याब खोल्ने

सबैभन्दा पहिले तपाईंले आफ्नो सबै डिभाइसहरुमा आफ्नो जिमेल आइडीबाट क्रोममा लग इन गर्नुपर्छ । त्यसको लागि तपाईंको कम्प्युटरमा क्रोम खोल्नुस्, माथिको दायाँ कुनामा तीन वटा सिधा लाइनमा क्लीक गर्नुस्, र सेटिङमा जानुस् ।

त्यहाँ एउटा अप्सन देख्नुहुन्छ, ‘साइन इनटु क्रोम’ । यसलाई आफ्नो जिमेल अकाउन्टबाट खोल्न क्लिक गर्नुस् । अब तपाई.ले आफ्नो स्मार्टफोनमा नयाँ क्रोम ट्याब खोल्नुभयो भने त्यहाँ ‘रिसेन्ट ट्याब’ अप्सन देख्नुहुन्छ यहाँ तपाईंले यूआरएलहरु देख्नुहुन्छ जुन तपाईंका अन्य डिभाइसहरुमा खुलेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment