Comments Add Comment

विराटनगरमा तीनदिने रोजगार मेला

४ वैशाख, विराटनगर । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङले विराटनगरमा तीनदिने रोजगार मेला आयोजना गर्ने भएको छ ।

महासंघका मोरङ अध्यक्ष नरेन्द्र हुमागाँईले दिएको जानकारीअनुसार वैशाख ७ गतेदेखि ९ गतेसम्म मेला आयोजना गर्न लागिएको हाे।

आइएलओ, रोजगार विभाग, श्रम कार्यालय सूचना केन्द्र समेतको सहयोगमा एलिट क्लबको हाताभित्र मेला आयोजना हुने छ ।

रोजगार मेलामा रोजगारीको अवसर खोज्ने र रोजगारी दिन दक्ष कर्मचारीको खोजी गर्ने, संघसंस्थाबीच समन्वयकारी भूमिका खेल्दै एकापसमा मिलाउन पुलको काम मात्र गर्ने नेपाल घरेलु तथा साना उद्योग महासंघका मोरङ अध्यक्ष हुमागाँईले जानकारी दिए ।

मेलामा करीब २०० उद्योगीलाई सहभागी गराइने भएकाले त्यसबाट करीब ५०० बेरोजगार युवा लाभान्वित हुने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment