Comments Add Comment

मस्ती टकः केकी र प्रियंकामा को बढि एक्सप्रेस ? (भिडियो कुराकानी)

दिपाश्रीलाई केकी र प्रियंकाको सरप्राइज

मंगलबार दिउँसो नायिका प्रियंका कार्की र केकी अधिकारी नक्सालमा रहेको फुडमान्डुमा पुगे । फुडमान्डुबाट खाजा बोक्ने झोला भिरेर उनीहरु स्कुटरमा अनामनगर आइपुगे । अनामगरमा उनीहरुले हास्य अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलालाई ‘सरप्राइज’ दिने तयारी गरेका थिए ।

चलचित्र ‘कोहलपुर एक्सप्रेस’को प्रचारका लागि अहिले केकी, प्रियंका र नायिका ऋचा शर्मा दौडधुप गरिरहेका छन् । त्यही क्रममा फुडमान्डुको अर्डर लिएर सर्वसाधारणका घर-घरमा पुग्न थालेका छन् ।

पि्रयंका र केकीसँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः


मंगलबार भने उनीहरु दीपाश्री निरौला, माल्भिका सुब्बा, रविना देशराज जोशी र नायिका प्रियंका कार्कीकी आमालाई सरप्राइज दिन पुगेका थिए । केकी र प्रियंकाको सरप्राइज पाएपछि दीपा दंग परिन् । उनले, दुबै नायिकाको ओठमा चुम्बन गर्दै शुभकामना दिइन् ।

अनलाइनखबरको ‘ओके मस्ती टक’मा कुराकानी गर्ने क्रममा पि्रयंका र केकीले निकै रमाइलो गरे । प्रियंका के कुरामा एक्सप्रेस छिन् ? केकीले भनिन्-‘उनलाई सबै कुरा निकै चाँडो गर्न आउँछ । उनी, ट्वाइलेटबाट पनि चाडै निस्किन्छिन्, मेकअप, पहिरन सबै चाँडो गर्छिन् ।’
प्रियंकालाई भने केकीले चलचित्र बनाएपछि एक्सप्रेस गतिमा काम गरेको अनुभव छ ।

‘अहिले, त केकी हरेकसँग कडा स्वरमा कुरा गर्छिन् । पहिले उनको यस्तो स्वभाव देखेकी थिइनँ,’ प्रियंकाले भनिन् । कान नसुन्ने केकीको घरमा श्रीमान् बनेकी प्रियंकाले बिरालो किनेर ल्याएपछि उनीहरुको त झगडा नै पर्‍यो । उनीहरुले कसरी, रमाइलो गरे यसका लागि भने तपाइले भिडियो नै हेर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment