Comments Add Comment

अमेरिकी पूर्वप्रथम महिला बारबराको ९२ वर्षको उमेरमा निधन

५ वैशाख, काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति जर्ज बुशकी पत्नी तथा साक्षरता अभियानकर्ता बारबरा बुशको निधन भएको छ । पूर्व राष्ट्रपति जर्ज डब्ल्यू बुशकी आमासमेत रहेकी पूर्वप्रथम महिला बुशको बुधबार ९२ वर्षको उमेरमा निधन भएको हो ।

बुश केही समयदेखि बिरामी थिइन् । तर उनले परिवारका सदस्यसँग बाँकी जीवन बिताउने भन्दै थप उपचारका लागि अस्वीकार गर्दै आएकी थिइन् ।

पूर्वराष्ट्रपति जर्ज बुशको सचिवालयले बारबराको मृत्यु भएको पुष्टि गर्दै उनलाई साक्षरता अभियानकी कहिल्यै नथाक्ने अभियानकर्मीको उपमा दिएको छ ।

साक्षरता अभियान सञ्चालन गरेकाले उनलाई यसको अभियानकर्ताका रुपमा सम्मान गर्ने गरिन्छ ।

बारबरा त्यस्ती भाग्यमानी महिला हुन् जसले आफ्ना श्रीमान् र छोरालाई अमेरिकाको राष्ट्रपतिका रुपमा देख्न पाएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment