+
+
Shares

सिण्डिकेट पक्षधरलाई गृहमन्त्रीको चेतावनी : सरकार टुलुटुलु हेरेर बस्दैन

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख ५ गते १२:४५

५, बैशाख, चितवन । गृहमन्त्री रामबहादुर थापा बादलले यातायात ब्यवसायीले हड्तालका नाममा जनतालाई दुख दिएमा सरकार टुलुटुलु हेरेर नबस्ने चेतावनी दिएका छन् ।

बुधबार चितवन आएका उनले यातायात व्यवसायीहरुले सडक बन्द गरेमा सरकार चुप लागेर नबस्ने बताएका हुन् ।

‘हड्तालका नाममा जनतालाई दुःख दिने काम सरकारले टुलुटुले हेरेर बस्दैन’ गृहमन्त्री बादलले भने, ‘सार्वजनिक सेवा प्रवाहमा कुनै अवरोध गर्न कसैले पाउँदैन ।’ सरकारले सुरक्षा व्यवस्थालाई अझै मजवुत बनाएर जाने प्रतिवद्धता मन्त्री थापाले व्यक्त गरे ।

उनले यातायात क्षेत्रको सिन्डिकेट पुनः ब्युँतिन नसक्ने दावी गरे । ‘देशका अन्य क्षेत्रमा पनि सिन्डिकेट भएको उल्लेख गर्दै गृहमन्त्री थापाले भने ‘यो सुभारम्भ हो, क्रमश अन्य क्षेत्रमा पनि जान्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?