Comments Add Comment

पर्याप्त निद्राको लागि नाङ्गै सुत्नु फाइदा !

सबैलाई थाहा छ, मानव स्वास्थका लागि निद्राको ठूलो भूमिका हुन्छ । तसर्थ पर्याप्त निद्रा लिनु आवश्यक छ । आधुनिक जीवनशैलीका कारण मानिसहरूले पर्याप्त सुत्न पाइरहेका हुँदैनन्, बिछ्यौनामा पल्टिए पनि निदाउन सकिरहेका हुँदैनन् । जब कि राम्रो निद्रा पर्‍यो भने स्वास्थ्यसँग जोडिएका थुप्रै समस्या अनायास समाधान हुन्छन् । राम्रो निद्रा पार्ने कसरी त ? धेरै मानिस यो तथ्य बाट अनविज्ञ छन्-कपडा नलगाईकन वा सर्वाङ्ग नाङ्गै सुतियो भने राम्रो निद्रा पर्छ । स्वास्थ्य विशेषज्ञका अनुसार पनि कपडा नलगाईकन सुत्दा स्वास्थ्य राम्रो हुन थाल्छ । यसरी सुत्दा थुप्रै तरिकाले शरीरमा फाइदा पुग्छ ।

राम्रो निद्रा पर्छ

बाक्ला कपडा लगाएर तथा त्यस्तै प्रकारका बाक्ला ओढ्ने ओढेर सुत्नु फाइदाजनक हुँदैन । शरीरको तापक्रम बढी छ भने यसरी सुत्नु झन् नोक्सानदायक हुन्छ । विशेषज्ञ भन्छन्- सुत्दाखेरी शरीरको तापक्रममा कमी आउँछ । यसपछि शरीरले प्राकृतिक रूपमै तापक्रम नियन्त्रित गर्छ । फलस्वरू राम्रो निद्रा पर्छ । एकपटक मौसमअनुकूलको नरम ओढ्ने ओढेर नाङ्गै सुतिहेर्ने हो कि ? परीक्षण गर्दा के नै पो बिग्रन्छ र !

छाला नरम बन्छ

कपडा नलगाईकन वा नाङ्गै सुत्नाले छाला नरम बन्छ भने एक्नेको समस्या पनि कम हुन्छ । खासमा कुरा के भने निद्राको कमी हुँदा वा अनिद्राको स्थितिमा शरीरमा कोर्टिसोल नामक हर्मोन निस्कन्छ । छालामा यो हर्मोनले नकारात्मक प्रभाव पार्छ । तर नाङ्गै सुतियो भने शरीरले तापक्रम नियन्त्रित गर्ने प्रक्रियाका क्रममा यस्तो हार्मोन स्राव हुन दिँदैन ।

यौनाङ्गका लागि फाइदाजनक

महिलाहरूको यौन अंगमा एक प्रकारको विशेष ब्याक्टेरिया हुन्छ जसलाई एक निश्चित स्तरमा राखिराख्नुपर्छ । नाङ्गो सुत्दा यस्तो ब्याक्टेरिया आवश्यक स्तरमा राख्न मद्दत पुग्छ । यसले आन्तरिक संक्रमणबाट समेत जोगाउँछ । त्यसैगरी पुरुषहरूले पनि यौन अंगलाई प्राकृतिक रूपले चिसो बनाइराख्न सके स्वस्थ वीर्य बन्न सहयोग पुग्छ । त्यसैले नाङ सुत्नु पुरुषका लागि पनि फाइदाजनक छ ।

यौन सन्तुष्टिका लागि उपयुक्त

आफ्नो पार्टनरसँग नाङ्गै सुत्दा यौन सन्तुष्टि त मिल्छ नै, साथसाथै दुवैलाई एकअर्काको अझ नजिक भएको महसुस हुन्छ । यसरी सँगै सुत्दा एकअर्काको छाला प्रत्यक्ष जोडिनपुग्छ जसबाट शारीरिक एवं भावनात्मक रूपमा नजिकिएको अनुभव हुन्छ र विशेष आनन्द प्राप्त हुन्छ । यसबाट सकारात्मक हार्मोन पैदा हुन्छ र सम्भोग गर्दा बढी सन्तुष्टि मिल्छ ।

तौल कम गर्छ

पर्याप्त निद्रा लिएर तौल नियन्त्रण गर्न सकिन्छ । नाङ्गो भएर सुत्दा शरीरको तापक्रम कम हुन्छ र ऊर्जाको खपत वृद्धि हुन थाल्छ । यसबाट ब्राउन एडिपोजको स्राव हुन्छ जुन तौल कम गर्न सहायक सिद्ध हुन्छ । आफ्नो खानपानका साथै सुत्ने तरिकामा पनि परिवर्तन ल्याएर अर्थात् नाङ्गै सुतेर प्राप्त हुने फाइदालाई किन ग्रहण नगर्ने ? होइन र ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment