६ वैशाख, कालीकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशको रोग, भोक र गरिबीको हटाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
कर्णाली प्रदेश प्रदेश अभाव र अपुगताको प्रदेश नभइ प्रकृतिको खानी भएको भन्दै मुख्यमन्त्री शाहीले स्थानीय स्रोत साधनबाटै प्रदेशलाई समृद्ध बनाउने बताए ।
कर्णाली प्रदेश प्रदेशसँग भन्सार र तराईको जस्तो समथल भूमि नभएपनि कर्णाली सरकारले पहाडका ढुंगा तराई लिएर बेच्ने प्रदेश बनाउने मुख्यमन्त्री शाहीले बताए ।
गृह जिल्ला कालीकोटको पचाल झरना महोत्सवको समापन गर्न आएका मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशका ढुंगालाई समेत समृद्धिका आधार बनाएको बताएका हुन् ।
कर्णाली प्रदेशको जाजरकोट लगायतका जिल्लामा रहेका रत्न पत्थर र अन्य बहुमूल्य ढुंगाका खानी उत्खनन् गरेर प्रदेशको आम्दानी बढाउने भन्दै उनले यस्तो बताएका हन् ।
मुख्यमन्त्री शाहीले जनताको सत्रुका रुपमा कर्णाली प्रदेशको अभाव रहेको भन्दै त्यसलाई हटाएर समृद्धि ल्याउन आफूहरु लागि परेको बताए ।