+
+

अवैध सम्बन्धपछि गर्भपतन गराएको आरोपमा जनप्रतिनिधि पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख ८ गते १८:४३
सांकेतिक फोटो

८ वैशाख, रुकुम । रुकुम पूर्वको सिस्ने गाउँपालिकाका एक जनप्रतिनिधिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गाउँपालिका–३, पोखराकी एक महिलालाई जबर्जस्ती गर्भपतन गराएको आरोपमा गाउँ कार्यपालिका सदस्य रुद्रबहादुर सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

सुनारले विवाह गर्ने आश्वासन दिँदै बेलाबेला अवैध यौन सम्पर्क गरेर आफूलाई गर्भवती बनाएको भन्दै महिलाले प्रहरीसमक्ष उजुरी दिएकी छिन् । उनको उजुरीका आधारमा कार्यपालिका सदस्य सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको यहाँका प्रहरी नायब उपरीक्षक प्रविनलाल श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार सुनार विवाहित हुन् । उनका दुई श्रीमती, चार छोरा र तीन छोरी छन् । यता महिला भने माइतीघरमा बस्दै आएको बताइएको छ ।

सहमतिमा अवैध यौन सम्पर्क भए पनि गर्भपतनपछि अत्यधिक रक्तस्राव भएपछि महिलाले प्रहरीसमक्ष उजुरी दिएको बताइएको छ ।

निजी स्वास्थ्य संस्थाबाट औषधि किनेको महिलाले प्रहरीसमक्ष बताएकी छिन् । श्रीमान्–श्रीमतीले नै विभिन्न धम्की दिएर चार महिनाको बच्चा गर्भपतन गराउन लगाएको पीडित महिलाले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।

पीडित महिलाको जाहेरीअनुसार कार्यपालिका सदस्य सुनारलाई प्रहरीले पक्राउ गरी मुद्दा दर्ता गराएको छ । यसबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?