Comments Add Comment

लेनिनकै फोटो छुट्यो ! एमाले-माओवादीको संयुक्त कार्यक्रममा लफडा (भिडियोसहित)


९ वैशाख, काठमाडौं । लेनिन जयन्तीको अवसर पारेर एमाले र माओवादीले आइतबार संयुक्त सभा गर्दैछन् । पार्टी एकता गर्न लागेका दुई दलले संयुक्त रुपमा गर्न लागेको कार्यक्रमलाई शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।

तर, कार्यक्रम सुरु नहुँदै विवाद भएको छ । लेनिन दिवसको अवसरमा आयोजित कार्यक्रमको बोर्डमा लेनिनकै तस्वीर थिएन । कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ र एमाले नेताद्वय मनमोहन अधिकारी र मदन भण्डारीको मात्र तस्वीर थियो । साथै केपी ओली र प्रचण्डका ठूला तस्वीर थिए ।

लेनिन जयन्तीको कार्यक्रममा लेनिनकै तस्वीर नदेखिएपछि हलमा उपस्थित माओवादी केन्द्रका कार्यकर्ताले नाराबाजी गरे ।

कार्यकर्ताको लगातारको नाराबाजीपछि आयोजकले उक्त बोर्ड हटाएको छ ।

माओवादी कार्यकर्ताले माओको तस्वीर नराखेकोमा पनि विरोध जनाएका थिए । माओवादीले आफ्नो कार्यक्रममा कार्ल मार्क्स, ए‌ंगेल्स, लेनिन, स्टालिन र माओको तस्वीर राख्ने गरेको छ ।

अर्को ब्यानर बनाउनअघि शीर्षस्थ नेताहरू छलफलमा जुटेका छन् । कार्यक्रम ढिला भएको भन्दै सहभागीले होहल्ला गरिरहेका छन् ।

सभागृहमा सहभागी नअटेर बाहिर सडकसम्म छरिएका छन् । बाहिर प्रोजेक्टरबाट हेर्ने ब्यबस्था मिलाइएको छ ।

हेर्नुहोस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment