Comments Add Comment

‘यात्रा ब्लग’मा सलिनकी जोडी मलिका


चलचित्र ‘यात्रा ब्लग’मा नायक सलिनमान बनियाँको जोडीको रुपमा नयाँ अनुहारले काम गर्ने पक्का भएको छ । सलिनको जोडी बन्न लागेकी नव-नायिकाको नाम, मलिका महत हो ।

मलिकाका इन्स्टाग्रामका तस्बिर हेर्ने हो भने पनि उनी बोल्ड लाग्छिन् । केशव भट्टराइको निर्माणमा बन्न लागेको यो चलचित्रलाई सम्राट शाक्यले निर्देशन गर्दैछन् । चलचित्रमा सलिनमान बनियाँ, सलोन बस्नेत र मलिका महत्त फाइनल भएका छन् ।

सलिनको जोडीको रुपमा २ नायिका देखिनेछन् । जसमा, अर्की नायिका गाउँकी यूवतीको भूमिकामा देखिदैछिन् । मलिकाले गायक स्वप्न सुमनको आवाजमा रहेको ‘तिम्रो लागि’ बोलको गीतको मोडलिङ गरेकी छिन् । चलचित्रको छायांकन वैशाख २० गतेबाट हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment