Comments Add Comment

विमानस्थलबाट विदेशी मुद्रासहित चिनियाँ नागरिक समातिए

९ बैशाख, काठमाडौं । प्रहरीले भित्रुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध यूएस डलर र चिनियाँ यूआनसहित आइतबार एक जनालाई पक्राउ गरेको छ ।

विमानस्थल प्रहरीका अनुसार ३८ हजार एक सय यूआन र १९ हजार ९ अमेरिकी डलरसहित एक चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्तिको नाम भने सार्वजनिक गरिएको छैन ।

उनी विमान बंगलादेशको फ्लाट नं. बीई ०७२ बाट उड्ने तयारीमा थिए । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment