Comments Add Comment

सलाहले जिते पीएफए प्लेयर अफ दी इयरको अवार्ड


१० वैशाख, काठमाडौं । लिभरपुलका मोहम्मद सलाहले पीएफए प्लेयर अफ दि इयरको अवार्ड जितेका छन् ।

२५ वर्षीय सलाहले केभिन डी ब्रुेयन, ह्यारी केन, लिरोय शेन, डेभिड सिल्भा र डेभिड डी जियालाई पछि पार्दै अवार्ड जितेका हुन् । इजिप्टका फवार्ड सलाहले यो सिजन प्रिमियर लिगमा ३३ खेलमा ३१ गोल गरेका छन् र उनी गोल्डेन बुटको दौडमा सबैभन्दा अगाडि छन् ।

‘यो सम्मान हो र विशेष गरेर खेलाडीहरुले मतदान गरेका छन् । म खुसी छु’, सलाहले भनेका छन्, ‘चेल्सीमा मैले मौका पाइनँ । यो प्रष्ट थियो कि म फेरि आउनेछु र सबैलाई आफ्नो फुटबल देखाउने छु । मलाई लाग्छ मैले छाडेँ र फरक ब्यक्ति, मानिस र खेलाडीका रुपमा आए । म खुसी छु’

म्यानचेष्टर सिटीका सेन उत्कृष्ट युवा खेलाडी बने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment