Comments Add Comment

दुर्गम गाउँ उज्यालो बनाउने अभियान, वैकल्पिक ऊर्जाले वितरण गर्‍यो सोलार

१० वैशाख, सिन्धुपाल्चोक । जिल्लाको दुर्गम गाउँ वस्तीमा विद्युत पुगेकै छैन, पुगेका ठाउँमा पनि नियमित बत्ती नै आउँदैन, बत्ती नहुँदा समस्या छ । शहरवासीहरु झिलिमिली बत्तीमा रमाइरहदा दुर्गमका गाउँवस्ती भने टुकीको सहारमा छन् ।

टुकीलाई बिस्थापित गर्ने योजनाका साथ चीन सरकारको सहयोगमा वैकल्पीक ऊर्जा केन्द्रले जिल्ल्ााका दुर्गम गाउँहरुमा उज्यालो बनाउने अभियान सुरु गरेको छ ।

ऊर्जाको अभियान अन्र्तगत जुगल गाउँपालिका अन्र्तगत गोल्चे, गुम्बा र पाङताङका ३ हजार घरपरिवारलाई सोलार वितरण गरिएको छ ।

जुगलसहित बैकल्पीक ऊर्जाले जिल्लाका सबै स्थानीय तहमा सोलार वितरण गरिएको केन्द्रले जानकारी दिएको छ ।

विद्युत नपुगेको र पुगेपनि नियमित विद्युत नआउने स्थानका लागि सोला र केन्दि्रत गरिएको बैकल्पीक ऊर्जा प्रर्वद्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले जानकारी दिए ।

दिनभर घाममा राखेपछि तीनवटासम्म बत्ती बाल्न सकिने

केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा चिन भ्रमणका क्रममा भूकम्प प्रभावित जिल्लामा वैकल्पिक ऊर्जामा सहयोग गर्ने सम्झौता भएको थियो । त्यही सम्झौता अनुसार सहयोग आउँन ढिला भएको र भर्खरै मात्रै सहयोग प्राप्त भएकाले भूकम्पप्रभावित क्षेत्रमा सोलार वितरण गरिएको धितालले जानकारी दिए ।

सिन्धुपाल्चोकका सबै स्थानीय तहमा वितरणका लागि केन्द्रले ७ हजार ८ सय सोलार वितरण गरिएको थियो । १० बाट क्षमताको यो सिस्टमबाट तीनवटा बत्ती रातभरी बल्ने छ ।

त्यस्तै स्वास्थय चौकी, वडा कार्यालय,विद्यालयमा ठूलो सिस्टमको सोलार पनि सिन्धुपाल्चोकमा वितरण गरिएको छ ।

वर्षाैदेखि टुकीको साहरामा बसिरहेका पाङताङ,गोल्चे,गुम्बाका स्थानीय उज्यालो पाउँने भएपछि खुसी हुँदै एक दिनअघि नै हिडेर स्थानीय कात्तिकेसम्म आइपुगेका थिए ।

सोलार पाएपछि खुसी हुँदै पाङताङकाले भने नयाँ घर पनि बनाइयो, अब सोला राखेपछि त उज्यालोमा बस्न पाइन भयो ।

विद्युत अभावमा पि्रन्ट गर्नसमेत ताढा जानु पर्ने बाध्यता हटेपछि माध्यमिक विद्यालयका शिक्षकहरु समेत खुसी भएका छन् ।

पि्रन्टसम्म गर्न सक्ने १२ सय वाटाको सोलार प्यानल सहितको सेट विद्यालयहरुलाई पनि हस्तान्तरण गरिएको छ ।

सिन्धुपाल्चोकको विकट वस्ती जहाँ विद्युत पुगेको छैन त्यस्ता स्थानमा प्राथामिकिकरण गरेर सोलार वितरण गरिएको प्रदेश ३ का सासंद सरेश नेपालले जानकारी दिए ।

साविकको तीन गाविसमा सोलार लिएर पुगेका यस क्षेत्रका सासंद अग्नि सापकोटा, प्रदेश सासंद सरेश नेपला वैकल्पिक ऊर्जा केन्द्रका रामप्रसाद धिताल र गाउँपालिकाका अध्यक्ष होमनारयण श्रेष्ठलाई स्थानीयले भव्य स्वागत गर्दे भने-‘यस्तै गरी विकास लिएर हाम्रा बस्तीहरुमा आउँनु होला ।’

बैकल्पिक उर्जाले अब सबै गाउँपालिकाका सडकहरुमा सडक बत्ती राख्ने अभियान सुरु गरेको छ ।

‘मेलम्ची र चौतारा नगरपालिकामा यस अघि नै ऊर्जाले सडकमा सोलार बत्ती राखीसकेको छ । अब गाउँपालिकाहरुमा पनि राख्ने योजना रहेको छ,’ केन्द्रका धितालले भने ।

जिल्लाका दुई स्थानमा लिफ्ट सिस्टमबाट खानेपानी ल्याउने ठाउँमा पनि केन्द्रले सोलार सहयोग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment