Comments Add Comment

पोखरालाई अपराधीको सेल्टर हुन दिन्न : एसपी सिंह

१० वैशाख, पोखरा । कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) अशोक सिंहले पोखरालाई अपराधीको सेल्टर हुन नदिने बताएका छन् । उनले पर्यटन क्षेत्रलाई सुरक्षित र मर्यादित बनाउन प्रहरीले व्यवसायीसँग सहकार्य गर्ने बताए ।

पश्चिमाञ्चल होटल संघ पोखराले सोमबार लेकसाइडमा आयोजना गरेको सुरक्षा सम्बन्धी छलफलमा एसपी सिंहले पोखरामा कहिलेकाहीँ ठूलै अपराधी पक्राउ गरेको दावी गर्दै अब यो शहरलाई अपराधीको सेल्टर हुन नदिने दावी गरेका हुन् ।

एसपी सिंहले होटलमा आउने शंकास्पद व्यक्तिको सूचना दिन पनि व्यवसायीलाई आग्रह गरे । यसैगरी लेकसाइड लगायत अन्य ठाउँमा सञ्चालन गरिएका डिस्को, डान्स र दोहोरीमाथि आफूले अब कारबाही अगाडि बढाउने उनले सुनाए ।

एक अर्को प्रस‌ंगमा उनले पोखराका ट्याक्सीलाई मिटरमा चल्न बाध्य पार्ने अभियान आफूले चलाइरहेको बताए । दैनिक डेढ दर्जन बढी ट्याक्सीहरु मिटरमा नचलाउँदा कारबाहीमा परिरहेको र चालकलाई ल्याएर हिरासतमा समेत राख्ने अभियान चलाइएको एसपी सिंहले बताए ।

सुरक्षाका लागि पोखराका सबै होटलले सीसी क्यामेरा राख्नुपर्ने भन्दै उनले कतिपय पर्यटकीय होटलभित्र क्यामेरा भए पनि होटल अगाडिको भाग देखिने गरी सबै होटलले क्यामेरा जडान गर्दा सजिलो हुने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment