
२५ वैशाख, काठमाडौं । सवारी ज्यान मुद्दामा ६ महिना कैद सजाय तोकिएका फरार व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका–५ घर भएका ३८ वर्षीय सुदीपप्रसाद वन छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चाँगुनारायणको छालिङबाट पक्राउ गरेको हो ।
२ चैत २०७६ मा उनलाई काठमाडौं जिल्ला अदालतले सवारी ज्यान मुद्दामा ६ महिना कैद र २ हजार जरिवानाको फैसला सुनाएको थियो । फैसला कार्यान्वयनका लागि अदालतमार्फत उनलाई कारागार पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4