Comments Add Comment

प्रदेश ३ संसद् बैठक आज, प्रमुखले सम्बोधन गर्ने


११ वैशाख, हेटौंडा । प्रदेश ३ को प्रदेशसभाको विशेष बैठक आज बस्दैछ । बैठलाई प्रदेश ३ कि प्रमुख अनुराधा कोइरालाले सम्बोधन गर्नेछिन् ।

संविधानमा प्रदेशसभाको विशेष बैठक आह्वान गरेर प्रदेश प्रमुखले सम्बोधन गर्ने व्यवस्था छ । यही संवैधानिक प्रावधान अनुरुप मंगलबार बैठक बस्न लागेको हो ।

प्रदेश ३ संसद् सचिवालयले दिएको जानकारी अनुसार, बैठक दिउँसो १ बजे बस्नेछ ।

प्रदेशसभा सचिवालयका प्रमुख भरतकुमार बुढाथोकीले सांसदहरुलाई उपस्थित हुन संसद् सचिवालयले आह्वान गरिसकेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment