Comments Add Comment

पुरुषको लागि पनि गर्भनिरोधक औषधी

बजारमा अनेकथरी गर्भनिरोधक औषधी छन् । असुरक्षित यौन सम्पर्कपछि गर्भ नरहोस् भनेर त्यस्ता चक्की सेवन गरिन्छ । खासगरी गर्भनिरोधक औषधी महिलाले प्रयोग गर्नुपर्ने हुन्छ ।

गर्भनिरोधक औषधीले अनिच्छित गर्भ त रहँदैन । वा त्यस्तो भयबाट मुक्त राख्छ । तर, यसले महिलाहरुको शरीरमा भने असर गर्छ । खासगरी गर्भनिरोधक चक्कीले हर्मोनल असन्तुलन बनाइदिन्छ । त्यसले महिलामा विभिन्न जटिलता निम्त्याउन सक्छ ।

तर, अब यस्तो जिम्मेवारी वा बोझ महिलाले मात्र बोक्नुपर्ने छैन । तपाई सोच्दै हुनुहुन्छ होला, कन्डोमको प्रयोग गरेपछि महिलाको बोझ हट्नेछ । त्यसो होइन, अब पुरुषले पनि गर्भनिरोधक औषधी सेवन गर्न सक्छन् । पुरुषले गर्भनिरोधक औषधी सेवन गर्ने भएपछि अनिच्छित गर्भ रहने भय त हुँदैन नै, महिलाले अतिरिक्त शारीरिक जोखिम मोल्नुपर्ने छैन ।

बजारमा अब पुरुषको लागि गर्भनिरोधक औषधी आउने खबर छ । भनिन्छ, यसको कुनै साइड इफेक्ट हुनेछैन ।

अमेरिकाको ओरेगन हेल्थ एन्ड साइन्स युनिभर्सिटीस्थित ओरेगन नेशनल प्राईमेट रिसर्च सेन्टरका सोधकर्ताले यस्ता यौगिकका खोज गरेका छन्, जसले शुक्राणुलाई गतिशिल हुन दिनेछैन ।

हुनेछैन साइड इफेक्ट

यस औषधीको खास कुरा त के भने, यसको कुनै साइड इफेक्ट छैन । ईपी ०५५ नामक यो फर्मुलाले शुक्राणुलाई गतिशिल हुनबाट रोक्नेछ, तर यसले हर्मोनमा कुनै असर गर्नेछैन । यसको प्रयोग गरेर अब पुरुषका लागि पनि गर्भ निरोधक औषधी बनाइनेछ । बढ्दो जनसंख्या नियन्त्रण एवं यौनजन्य रोग नियन्त्रणमा समेत यसले सघाउ पुर्‍याउन सक्छ ।

के हो यौगिक ?

यो ईपी ०५५ नामक यौगिक हो, जसले शुक्राणुको गतिशिलतालाई शिथिल तुल्याउँछ । हर्मोनमा कुनै असर गर्दैन । यो औगिकले निषेचनको क्षमतालाई कम गर्न सक्छ । यही यौगिक प्रयोग गरेर पुरुषको लागि गर्भनिरोधक औषधी बनाउन सकिने शोधकर्ताहरुले पुष्टि गरेका छन् ।

कसले सेवन गर्न सक्छन्

यसलाई कसले प्रयोग गर्न सक्छन् भन्ने कुरामा कुनै प्रश्न उठ्ने ठाउँ छैन । कुनैपनि पुरुषले यो पिल्स लिन सक्छन्, जो अनिच्छित गर्भ चाहँदैनन् । काइदाको कुरा त के भने, यसले कन्डोमले भन्दा दुई गुना तिब्र फाइदा पनि दिन्छ ।

पुरुषका लागि के थियो गर्भनिरोधक ?

अहिलेसम्मको कुरा गर्ने हो भने पुरुषले गर्भनिरोधका लागि कन्डोम प्रयोग गर्न सक्थे । तर, कन्डोम पूर्ण सुरक्षित बिधी भने होइन । कतिपय अवस्थामा यो फुट्ने भय रहन्छ । त्यस्तै पुरुषले नसबन्दी गर्न सक्छन् ।

एड्स र एसटीडीमा कति उपयोगी ?

अहिलेसम्म के दावी गरिएको छ भने, यो पिल्स प्रयोग गर्दा पुरुषमा कुनै साइड इफेक्ट हुनेछैन । तर, अहिलेसम्म यो कुरा भने पुष्टि भएको छैन कि, यो औषधीको सेवनले एड्स र एसटीडी जस्ता यौन संचारित रोगमा बचाउँछ ?

गर्भनिरोधकका लागि कन्डोमको प्रयोग बस यही एक फाइदा हुन्छ कि, त्यसले यौनजन्य संक्रमण सार्ने भय रहँदैन ।

अनिच्छित गर्भ रोक्ने परम्परागत काइदा

पुल आउट मेथड

यसलाई पुल आउड मेथड भनिन्छ । यसले काम नगर्ने संभावना केवल ४ प्रतिशत मात्र रहन्छ । यस प्रविधिमा स्खलन योनीभित्र नभई बाहिर गर्नुपर्ने हुन्छ । अर्थात यौनसम्पर्कको क्रममा जब स्खलन हुने बेला हुन्छ, तब लिंगलाई योनी बाहिर निकाल्नुपर्छ । यसले स्पर्म भित्र प्रवेश गर्दैन । तर, यसमा निकै खतरा हुन्छ ।

आउटरकोर्स

आफ्ना जीवनसाथी गर्भवती नहोस् भन्नका खातिर पुरुषले आउटरकोर्सको साहारा पनि लिन सक्छन् । यसमा इन्टरकोर्सको सबै प्रक्रिया हुन्छ, तर एक्चुअल पेनिट्रेशन हुँदैन । त्यसो त प्रेग्नेन्सी रोक्नमा यो सत प्रतिशत सक्षम हुन्छ ।

मासिक स्रावको बेला

मासिकस्रावको बेला यौनसम्पर्क गर्दा गर्भ रहँदैन । मासिकस्रावको केही समयअघि र पछि पनि यौनसम्पर्कका लागि सुरक्षित मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment