Comments Add Comment

यौन-आवेग दबाउने कि व्यवस्थापन गर्ने ?

सरकारले नेपालमा पोर्न साइटमाथि प्रतिवन्ध लगाएको छ, भलै त्यो पूर्णतय सफल नभएपनि । सरकारले पोर्न साइट अर्थात इन्टरनेटमार्फत उपलब्ध हुने अश्लिल सामाग्रीलाई त्यहीबेला नियन्त्रण गर्न खोजेको हो, जतिबेला निर्मला पन्त हत्याकाण्ड उत्कर्षमा थियो । त्यसपछि पनि बलात्कार, हत्याको शृंखला चलिरहेको थियो । ठिक यही मेसोमो सरकारले सरकारले पोर्न साइटमाथि प्रतिबन्धको प्रयास गर्‍यो, बलात्कार वा यौन हिंसाले बढाव नपाओस् भनेर ।

पोर्न साइट वा अश्लिल सामाग्रीको उपलब्धताले समाजमा यौन विकृति वा यौन हिंसा बढाएको हो ? यो छुटै वहसको विषय हो । किनभने कतिपय यौनमनोविज्ञहरुको तर्क फरक छ । उनीहरु भन्ने गर्छन्, ‘यौनकुष्ठाले विकृति पैदा गर्ने हो । यौनलाई जति दबाइन्छ, उत्तिनै मनमा यसप्रतिको विकार जम्मा हुन्छ । त्यसैले नराम्रो हर्कत गर्न उक्साउँछ ।’ यसर्थ यौनमा जति खुल्न सक्यो, यौनजन्य जिज्ञासा मेट्ने माध्याम जति सहज हुन्छ, उत्तिनै यौनकुष्ठा कम हुन्छ । जब यौनकुष्ठा रहँदैन, यौनजन्य अपराध पनि हुँदैन ।

यौनजन्य सामाग्री सहज भएपछि त्यसबाट पनि मान्छेले आफ्नो यौन इच्छा मेट्न पाउँछन् । उनले यौनलाई दबाउनु पर्दैन । हस्तमैथुन जस्ता केही विधी छन्, जसले यौन आवेग शान्त गर्न सकिन्छ ।

यौन दवाउने कुरा होइन । यो प्राकृतिक आवश्यक्ता हो । यौन इच्छालाई जति दबाइन्छ, उत्तिनै यसले मनोविकार पैदा गर्छ । त्यही मनोविकारले हो, अश्लिल हर्कत गर्न उक्साउने ।

तर, हाम्रो समाजमा यौनबारे खुला बहस हुँदैन । यौनलाई ‘छाडा’ भन्ने गरिन्छ । भित्रभित्रै यौन-आवेग पैदा भएपनि बाहिर भने दबाइन्छ । यौन सम्बन्धी उठ्ने जिज्ञास मेट्न सकिदैन ।

चिन्तक एवं आध्यत्मिक गुरु रजनिशले भनेका छन्, ‘यदि यौनलाई दमन गरियो भने मान्छे कामुकभन्दा कामुक हुन्छन् ।’ उनले एक प्रसंग सुनाएका छन् । एकपटक रजनीश कुनै गाउँमा पुगेका रहेछन् । त्यहाँ ठूला विचारक र सन्त-साधु मिलेर अश्लिल पोस्टरमाथि विरोध गरिरहेका थिए । उनीहरुको धारणा के थियो भने, अश्लिल पोस्टर जथाभावी टाँसेकाले गर्दा मान्छेमा कामवासना फैलिएको छ । रजनीशले भनेका छन्, ‘जबकी अवस्था ठिक फरक छ । त्यही मान्छे पोस्टर हेर्न पुग्छन्, जसमा यौनकुष्ठा छ । जो यौनमा तृप्त छ उसलाई त यसले कुनै असर गर्दैन ।’

यौनलाई हामीले सधै छाडा भन्यौं । बर्जित गर्‍यौं । निषेध गर्‍यौं । यसलाई लाजको विषय बनायौं । रजनीश भन्छन्, ‘हामीले यौनलाई गालीभन्दा माथिल्लो सम्मान कहिल्यै दिएनौ । हामी यौनको कुरा गर्दा समेत भयभित हुन्छौं । हामीले यौनलाई यसरी लुकाएर, दबाएर राख्यौ कि मानौ जीवनमा त्यसको कुनै स्थान छैन ।’

उनले यौननै जीवनको सर्वाधिक महत्वको कुरा भनेका छन् । सत्य त के भने यौनभन्दा मध्वपूर्ण मान्छेको जीवनका अरु केही छैन । तर, यसलाई हामीले दबायौं, लुकायौं । लुकाउने र दबाउने कामले गर्दा हामी यौनबाट मुक्त भएनौं । बरु यौन आवेगले ग्रस्त हुँदै गयौं । किनभने दमनले ठिक उल्टो परिणाम दिन्छ ।

यौनलाई बुझ

यौनबारे रजनीशले भयभित नहुन आग्रह गरेका छन् । उनले भनेका छन्, ‘युवाहरुलाई म भन्न चाहन्छु कि तिम्रो आमाबुवा, तिम्रो पूर्खा, तिम्रो हजारौं बर्षको पींढी यौनबाट भयभित भए । तिमी भने भयभित नहुनु । बरु त्यसलाई तिमीले बुझ । त्यसलाई पहिचान गर । त्यसबारे कुरा गर । यौनको सम्बन्धमा भएको नयाँ खोज, अनुसन्धान पढ्ने प्रयास गर ।

यौन बर्जित कि व्यवस्थापन ?

अहिले हामीकहाँ यौनलाई नितान्त फरक ढंगले बुझाइएको छ । यसलाई लाजको विषय बनाइएको छ । यौनजन्य सामाग्री हेर्नु हुँदैन । यौनजन्य व्यवहार ठिक होइन भन्ने किसिमको धारणा छ ।

त्यही कारण यौनबारे जिज्ञासा मेट्न सकिने कतिपय वेब सामाग्रीमाथि अहिले प्रतिबन्ध छ । यसरी यौन इच्छा एवं यौन व्यवहारलाई उपेक्षा गर्नु कति सही हो ? यस सम्बन्धमा वहस हुनेनै छ । यद्यपी यौनजन्य सामाग्री जथाभावी रुपमा उपलब्ध गराइनुपर्छ, यौन व्यवहारलाई प्रोत्साहन गर्नुपर्छ भन्ने होइन । बरु, यसलाई समूचित ढंगले व्यवस्थापन गर्नुपर्छ ।

जब यौनलाई विकृत ढंगले हेरिन्छ र व्यवहार गरिन्छ, तब त्यो रोग बन्छ । तर, यौनलाई खुला ढंगले बुझ्ने र यसलाई एक प्राकृतिक आवश्यक्ताको रुपमा स्विकार्ने हो भने यौन विकार पैदा हुन पाउँदैन । यसलाई सहज रुपमा लिइनेछ ।

यौनको कुलत

यौनलाई सहज रुपमा लिनुपर्छ भन्दैमा अश्लिल सामाग्री छ्यापछ्याप्ती वा अनियन्त्रित हुनुपर्छ भन्ने होइन । यौनको पनि आफ्नै सीमा र मर्यादा छन् । जब यसले आफ्नो मर्यादा पार गर्छ, तब यौन छाडा हुनपुग्छ । अश्लिल हुनपुग्छ ।

यौनबारे जिज्ञासा मेट्न वा यौन व्यवहारलाई थप रोमाञ्चक बनाउनका लागि हामीले यौनजन्य सामाग्री हेर्न सक्छौं । यौनजन्य सामाग्रीबाट केही कुराहरु सिक्न र बुझ्न पनि सक्छौं । तर, त्यस्ता सामाग्रीमा लिप्त हुने र समय बर्बाद गर्ने काम भने पक्कै सकारात्मक होइन ।

यौनमा आवश्यक्ताभन्दा बढी तन-मन लगाउनु भनेको यौनको कुलत हुनु हो । कुलतले कहिले पनि सकारात्मक नतिजा दिदैन । त्यसैले यौनप्रति लिप्त भएर त्यसमै घोत्लिने, यौन सामाग्री खोज्ने, मनमा यौनकै विषयमा सोच्ने जस्ता प्रवृत्ति ठिक हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment