
२ कात्तिक, काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलले आफ्ना नर्सिङ कर्मचारीहरूको पारिश्रमिकमा वृद्धि गरेको छ । अस्पतालले स्नातक तह अध्ययन गरेका नर्सिङ कर्मचारीको न्युनतम तलब ३७ हजार काम गरिएको हो ।
अस्पतालका अनुसार यो निर्णय कात्तिक १ गतेदेखि लागू हुनेछ । अस्पतालले चालु आर्थिक वर्षमा दोस्रो पटक पारिश्रमिक पुनर्मूल्याङ्कन गर्दै नर्सिङ कर्मचारीको तलब बढाएको हो ।
अस्पतालले एक प्रेस विज्ञप्ति जारी गर्दै बिरामीको सेवामा अहोरात्र खटिने नर्सिङ कर्मचारीहरुको भूमिकालाई उच्च कदर गर्दै पारिश्रमिक वृद्धि गरिएको जनाएको छ ।
नर्भिकले गत महिना भएको जेन–जी आन्दोलनका घाइतेहरूको नि: शुल्क उपचार गर्ने क्रममा नर्सिङ तथा मेडिकल कर्मचारीहरूले देखाएको सदासयता र उच्च सेवाभावको पनि प्रशंसा गरेको छ ।
अस्पतालले स्वास्थ्यकर्मीहरूको मनोबल उच्च राख्न तथा उनीहरूको हित संरक्षणका लागि निरन्तर प्रयास जारी राख्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।
प्रतिक्रिया 4