भिडियो स्ट्रिमिंग साइट युट्युब अहिले सबैभन्दा धेरै प्रयोग हुने इन्टरनेट प्लेटफर्म बनेको छ । यो सफलता हात पार्नका लागि उसलाई निकै छोटो समय नै पर्याप्त भएको छ ।
आजभन्दा १३ वर्षअघि सन् २००५ को अप्रिल २३ मा युट्युब सुरु भएको हो । सोही दिन युट्युबमा पहिलो भिडियो अपलोड गरिएको थियो ।
युट्युबमा पहिलोपटक अपलोड गरिएको भिडियोका सन्दर्भमा धेरै रोचक तथ्यहरु रहेका छन् ।
युट्युबमा अपलोड गरिएको पहिलो भिडियोको शीर्षक थियो, Me at the Zoo ।
युट्युबमा संस्थापक जाभेद करीमले २३ अप्रिल २००५ मा उक्त भिडियो अपलोड गरेका थिए । भिडियो केबल १८ सेकेण्ड मात्र लामो थियो । जाभेदका साथी याकोभ लापित्स्कीले उक्त भिडियो खिचेका थिए ।
युट्युबमा पहिलोपटक अपलोड गरिएको उक्त भिडियो अहिलेसम्म ४ करोड भन्दा धेरै पटक हेरिसकिएको छ ।
अमेरिकाको सानडिएगो सहरमा रहेको एक चिडियाखानामा पुगेका जाभेद त्यहाँ रहेका हात्तीहरुको अगाडि उभिएर हात्तीका बारेमा कुराकानी गरिरहेका छन् । हात्तीको सबैभन्दा रोचक कुरा नै यसको सूँडा निकै नै लामो हुने उनले बताइरहेका छन् ।
युट्युबको सुरुवात चेड हर्ले, स्टिभ चेन र जाभेद करीमले गरेका थिए । सन् २००६ को नोभेम्बरमा गुगलले १ अर्ब ६५ करोड डलरमा युट्युब खरीद गरेको थियो ।
विभिन्न ८८ वटा देशमा ७६ भाषामा युट्युबमा प्रयोग हुन्छ, वैधानिक रुपमा ।
युट्युबमा हरेक मिनेट ४ सय घण्टा भन्दा धेरै बराबरको भिडियो अपलोड हुने गरेको छ ।
१२ जनवरी २०१७ मा अपलोड भएको Despacito बोलको गीत युट्युबमा सबैभन्दा धेरै हेरिएको भिडियो हो ।
उक्त गीतको भिडियो अहिलेसम्म ५० अर्ब ७० करोड भन्दा धेरै पटक हेरिसकिएको छ ।
यस्तो थियो पहिलो भिडियो
एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4