११ बैशाख, झापा । इलाका प्रहरी कार्यालय, अनारमनीले करिब दुई लाख रुपैयाँ बराबरको भन्सार छलीको सामान बरामद गरेको छ ।
बिर्तामोड–६ मा सवारी चेकजाँचमा खटिएको प्रहरी टोलीले १ लाख ९८ हजार ३ सय ४० रुपैयाँ बराबरको भन्सार छलीको लत्ताकपडा, खाद्यान्न तथा मेसिनरी सामानहरु बरामद गरेको हो ।
कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) कृष्ण कोइरालाका अनुसार बरामद सामानको धनी फेला परेको छैन ।
सामानहरुबारे थप अनुसन्धान र आवश्यक कारबाहीका लागि भन्सार कार्यालय, काँकरभिट्टा बुझाइएको कोइरालाको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4