+
+
Shares

कांग्रेसमा शीघ्र महाधिवेशन किन ? गगनले पेश गरे ‘६ भाइ’को संयुक्त दस्तावेज (पूर्णपाठसहित)

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख ११ गते १५:४१

११ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका युवा नेताहरुको समूह ‘६ भाइ’ले शीघ्र महाधिवेशनको माग गर्दै पार्टी केन्द्रीय कार्यसमिति बैठकमा संयुक्त दस्तवेज पेश गरेका छन् ।

मंगलबारको बैठकमा केन्द्रीय सदस्य गगन थापाले पेश गरेको ५० पन्ने दस्तावेज पेश गरेका हुन् । नियमित प्रक्रियाबाट छिटोमा दुई वर्षमा मात्र महाधिवेशन हुन सक्ने र यसले पार्टीलाई थप क्षति हुने भन्दै दस्तावेजमा भनिएको छ, ‘महासमिति बैठकबाटै संशोधित विधान परित गरी शीघ्र महाधिवेशनमा जानुपर्छ ।’

पार्टीको नेतृत्व एजेण्डाका आधारमा चयन हुने भएपनि उमेर केही होइन भन्न नसकिने भन्दै ‘छ भाइ’ले सबै किसिमका अतिवादसँगको असंख्य संघर्षले थाकेको नेतृत्वलाई सत्ताको शितल छहारीले शिथिल र यथास्थितिवादी बनाएको बताएका छन् । पुराना मान्छेको स्वभाविक बहिर्गमन र नयाँको आगमन नहुँदा एजेण्डा, विचार र क्षमताको दृष्टिले पार्टी जमेको पोखरी जस्तो भएको भन्दै दस्तावेजमा भनिएको छ, ‘पार्टीको चुस्त संगठन चलाउन प्रष्ट सैद्धान्तिक खाका त कोर्‍यौं तर, त्यसलाई चलाउने नेतृत्व सिथिल र यथास्थितिवादी छ भने संगठनमा गतिशिलता कसरी आउँछ ?

अहिलेकै नेतृत्वलाई निरन्तरता दिन खोज्नु जनादेश र मतादेशलाई नबुझ्नु नै हो,’ ‘छ भाइ’ को निष्कर्ष छ ।

उनीहरुले पार्टी सभापति शेरबहादुर देउवालाई महासमिति र शीघ्र महाधिवेशन गराएर सहजतापूर्वक नेतृत्व हस्तान्तरण गर्नेतिर लाग्न पनि आग्रह गरेका छन् । दस्तावेजमा भनिएको छ, अब कम्युनिष्ट गठनबन्धन के होला भनेर नकुरौं, ५ वर्षपछिको चुनावमा यस्तो अवस्था बनाऔं कि सबै पार्टी एक ठाउँमा मिलेर चुनाव लड्दा पनि हामीले अहिलेको मतदाता जोगाएर कम्तिमा १५ लाख भोट थपेर एक्लै बहुमतसहितको पहिलो पार्टी बनाउने छौं ।’

हेर्नुहोस् पूर्णपाठ

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?