+
+
Shares

कांग्रेस रास्वपाभित्रको कचकच र उपद्रोमा प्रवेश गर्दैन : गगन थापा

‘यो बेला प्रतिपक्षमा रहेका दलबीच गठनबन्धन गर्ने पक्षमा पनि छैनौं’

‘जहाँ सरकारसँग हातेमालो गर्नुपर्छ त्यहाँ हातेमालो गर्छौं, जहाँ सरकारलाई खबरदारी गर्नुपर्ने हो त्यहाँ खबरदारी गर्छौं, जहाँ सरकारलाई प्रश्न सोध्नुपर्ने हो त्यहाँ प्रश्न सोध्छौं ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ८ गते १५:२४

८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सत्तारुढ रास्वपाभित्रको समस्यामा कांग्रेस प्रवेश नगर्ने बताएका छन् । मंगलबारबाट सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै यो कुरा पार्टीको महाधिवेशन सम्बन्धी दस्ताबेजमा उल्लेख गरेको थापाले बताएका हुन् ।

‘हामी राष्ट्रिय स्वतन्त्र पार्टीभित्रका कुनैपनि खालका समस्याभित्र पस्दा पनि पस्दैनौं, हामीलाई रुचि पनि छैन, हामी कुनै कचकच पनि गदैनौं, हामी कुनै उपद्रोमा सहभागी पनि हुँदैनौं,’ सभापति थापाले भने, ‘हामीले यो कुरा हाम्रो पार्टीको महाधिवेशनका दस्तावेजमा प्रष्ट भनेका छौं ।’

व्यवस्था चल्नका लागि सरकारका जिम्मेवारी भएजस्तै विपक्षी पार्टीका पनि केही जिम्मेवारी हुने उनले बताए । यो बेलामा प्रतिपक्षमा रहेका दलहरूका बीचमा गठनबन्धन गर्नुपर्ने पक्षमा पनि कांग्रेस नभएको उनले बताए ।

हामी प्रष्ट छौं, हामी प्रमुख प्रतिपक्षको जिम्मेवारीमा छौं, हामीलाई थाहा छ,’ उनले भने, ‘जहाँ सरकारसँग हातेमालो गर्नुपर्छ त्यहाँ हातेमालो गर्छौं, जहाँ सरकारलाई खबरदारी गर्नुपर्ने हो त्यहाँ खबरदारी गर्छौं, जहाँ सरकारलाई प्रश्न सोध्नुपर्ने हो त्यहाँ प्रश्न सोध्छौं ।’

जहाँ सरकारलाई प्रतिरोध गर्नुपर्ने हो, त्यहाँ प्रतिरोध पनि गर्ने उनले बताए ।

जुन विषयमा प्रतिपक्षमा रहेका दलसँग संवाद र सहकार्य गर्नुपर्ने हो, त्यसमा सहकार्य गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?