Comments Add Comment

शिवको अर्द्धनारीश्वर स्वरूप, के हो यथार्थ ?

सृष्टिमा नर एवं नारी अर्थात् महिला र पुरुष समानताको प्रतीक हो भगवान् शिवको अर्द्धनारीश्वर स्वरूप । यसको रहस्य कस्तो छ त, हेरौँः

ब्रह्माको समस्या

भनिन्छ, सृष्टिको संरचनापछि ब्रह्माजीले जब मानिसको सृष्टि गरे, उनलाई के बोध भयो भने यो सृष्टि छिटै नाश हुन्छ किनभने उनले पुरुषको मात्र सृष्टि गरेका थिए । उनले मानस सृष्टि मात्र गरेका थियो अर्थात् त्यो मैथुनी सृष्टि थिएन । सृष्टि चलाउनका लागि सन्तानको आवश्यक पर्छ त्यसका लागि महिलाको , तर महिला नै छैनन् । यस्तो समस्याको समाधानका लागि ब्रह्मा शिवजीको शरणमा गए । उनले कठोर तपस्या गरे । ब्रह्माजीको तपस्याबाट प्रसन्न भएका शिवजीले समस्याको समाधानस्वरूप ब्रह्माजीका अगाडि आफ्नो अर्धनारीश्वर स्वरूप प्रकट गरे । यस रूपमा उनी आधा शिव थिए भने आधा शिवा । यसप्रकार शिवजीले मानिसलाई प्रजननशील बनाउने प्रेरणा दिएर सृजनको सन्देश दिए ।

महिलापुरुषबीच समानता

अर्द्धनारीश्वर स्वरूप देखाएर शिवजीले महिला तथा पुरुषबीच समानता रहेको कुरा दर्शाए । उनले महिला र पुरुष दुवै प्रकृतिका अभिन्न अंग भएको र यी दुईमध्ये कुनै एकको अभावमा सृष्टि सम्भव नहुने बताए । शिवको अर्द्धनारीश्वर स्वरूपको आराधना गर्नु भनेको महिला र पुरुष अर्थात् शिव र शक्ति दुवैको आराधना गर्नु हो ।

शिव र शक्तिको सम्बन्ध कस्तो छ

शक्ति शिवको अविभाज्य अंग हो । शिव नरका प्रतीक हुन् भने शक्ति नारीका । यी एकअर्काका पूरक हुन् । शिवविना शक्ति तथा शक्तिविना शिवको अस्तित्व सम्भव छैन । शिव अकर्ता हुन् अर्थात् उनी संकल्प मात्र गर्छन्, संकल्पलाई सिद्ध गर्ने काम शक्तिबाट हुन्छ । शिव कारण हुन् भने शक्ति कारक हुन् । शक्ति जागृत अवस्था हो भने शिव सुषुप्तावस्था । शक्ति मस्तिष्क हुन् भने शिव हृदय ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment