+
+

साढे ३३ किलो सुनकाण्ड : एसपी खनालसँग बयान लिई प्रहरीको आन्तरिक हिरासतमा राखियो

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख ११ गते २२:१०

११ वैशाख, काठमाडौं । साढे ३३ किलो सुनकाण्डमा संलग्नताको आशंकामा नेपाल प्रहरीले बहालवाला एसपी विकासराज खनालसँग आज बयान लिएर आन्तरिक हिरासतमा राखेको छ ।

खनाललाई गृह मन्त्रालयद्वारा गठित छानबिन समितिले मंगलबार गृह मन्त्रालयमा बयान लिएपछि नेपाल प्रहरीको एक नम्बर गणको हिरासतमा राखेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

खनाल हाल मकवानपुर जिल्ला प्रहरी प्रमुख छन् । साढे ३३ किलो सुनकाण्डमा संलग्नताको आशंकामा नेपाल प्रहरीका पूर्वडीआइजी गोविन्द निरौला पक्राउ परिसकेका छन् ।

उक्त साढे ३३ किलो सुन त्रिभुवन विमानस्थलबाट बरामद हुँदा निरौला विमानस्थलको प्रहरी प्रमुख थिए भने खनाल पनि त्यहीँ कार्यरत थिए ।

सुनकाण्डको अनुसन्धानका लागि गृह मन्त्रालयद्वारा गठित छानबिन समितिले २३ जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ भने ३८ जनाको सम्पत्ति रोक्का गरेको छ । उक्त सुनकाण्डका भरिया सनम शाक्यको मोरङमा हत्या भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?