+
+

गुल्मीमा घर जल्दा वृद्धको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख १२ गते १०:२६


१२ वैशाख, गुल्मी । जिल्लाको धुर्कोट गाउँपालिका–३, हाडहाडे सोमरभोमरमा मंगलबार घर र गोठमा आगलागी हुँदा १ वृद्धको ज्यान गएको छ ।

आगलागीमा परी ६० वर्षीय कृष्णबहादुर पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले जानकारी दिए ।

मंगलवार राति ११ बजे घरको अगेनाको चुल्होवाट सल्किएको आगोले पुनको घर, गोठ र अन्नपात पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीमा एउटा भैंसी समेत मरेको छ ।

आगो स्थानीयको सक्रियतामा नियन्त्रणमा आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?