Comments Add Comment

किन अवार्ड समारोहमा जाँदैनन् खगेन्द्र लामिछाने ? यस्तो छ जवाफ


अभिनेता खगेन्द्र लामिछाने वैशाख २१ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘डमरुको डन्डिबियो’ लाई लिएर उत्साहित छन् । यस चलचित्रमा दर्शकले आफूलाई फरक भूमिकामा देख्न पाउने उनको भनाई छ ।

चलचित्रका निर्देशक छेतन गुरुङले डन्डिबियोको बिषय लिएर आएपछि आफू उत्साहित भएको खगेन्द्रले बताए । डन्डिबियो संघसँगको समन्वयमा तोकिएको नियम अन्तरगत रहेर चलचित्रको कथा लेखिएको उनको अनुभव छ ।

नेपालबाट लोप भैसकेको खेललाई जगेर्ना गर्नका लागि यो चलचित्र निर्माण भएको निर्देशक छेतनले बताए । पत्रकारसँगको भेटघाटमा खगेन्द्रले कम चलचित्र खेल्नुको कारणबारे भने-‘मलाई सकेसम्म हाम्रै बिषयमाथि बनेको कथा भयो भने काम गर्न मन लाग्छ । यो चलचित्रको कथा हाम्रै देशको भएकाले काम गर्न उत्सुक भएँ ।’

खगेन्द्रको काम गर्ने शैलीलाई कतिपयले बलिउड नायक आमिर खानको शैलीसँग तुलना गर्छन् । यस बिषयमा खगेन्द्र भन्छन्-‘मलाई अरुले आमिर खान जस्तो भन्दा खुशी नै लाग्छ । तर, म आफूमा गाउँबाट लेखक बन्ने सपना बोकेर काठमाडौं आएको खगेन्द्र लामिछाने मात्र देख्छु ।’
अघिल्ला चलचित्रहरुमा सामाजिक कथा, दुखी पात्रको भूमिका निर्वाह गरेका खगेन्द्र यसपटक खेलार्डी बन्न पाउँदा आशावादी देखिएका छन् । सानोमा आफूले धेरैपटक डन्डिबियो खेलेको बताउने उनले नियम भने खासै थाहा नभएको सुनाए ।

खगेन्द्रले चलचित्र खेल्न पाउँदा निकै खुशी भएको बताउँदै अगाडि भने-‘मेरो चलचित्र खेल्ने सपना नै थिएन । तर, अहिले चलचित्र खेल्दा म निकै खुशी छु । जीवनमै नसोचेको कुरा भयो जस्तो लाग्छ ।’

अवार्ड समारोहहरुमा सहभागी नहुने गरेको विषयमा प्रश्न गरिँदा उनले भने, ‘म चलचित्र खेलेरै खुशी छु, त्यसैले म अवार्ड समारोहमा जान्नँ ।’ चलचित्रको जीवन आफ्ना लागि बोनस भएको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment