Comments Add Comment

प्रदेश ४ मा बस्यो पहिलो पटक बस्यो सुरक्षा समितिको बैठक

फाइल तस्वीर

१२ वैशाख, पोखरा । प्रदेश ४ को सुरक्षा समन्वय समितिको पहिलो बैठक बुधबार पोखरामा बसेको छ ।

गृह मन्त्रालयले प्रदेशमा रहेका सुरक्षा निकाय आन्तरिक मामिला मन्त्रालय मातहत रहेको कार्यादेश सोमबार पठाएपछि प्रदेश सरकार गठन भएको झन्डै साढे २ महिनापछि पहिलोपटक सुरक्षा समन्वय समितिको वैठक बसेको हो ।

पहिलो बैठकको अध्यक्षता प्रदेश ४ का आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले गरे । सुरक्षा समिति कसको नेतृत्वमा बन्ने भन्ने अन्यौलतालाई सोमबारको कार्यादेशले अन्त्य गरेसँगै प्रदेशमा सुरक्षा समितिको वैठकको बाटो खुलेको हो ।

यसअघि क्षेत्रीय प्रशासकको अध्यक्षतामा सुरक्षा समिति गठन हुने व्यवस्था रहेकोमा अहिले प्रदेश आन्तरिक मामला मन्त्री समितिको गठन हुने व्यवस्था छ ।

यसअघि प्रमुख जिल्ला अधिकारीले गृहसचिव र क्षेत्रीय प्रशाशकलाई दैनिक रिपोटिङ गर्ने गरेकोमा नयाँ कार्यादेशले गृहसचिव र आन्तरिक मामिला मन्त्रालयको सचिवलाई रिपोर्टिङ गर्ने व्यवस्था गरेको छ ।

बुधबारको पहिलो बैठकमा चारवटै सुरक्षा अंगका प्रमुख तथा प्रतिनिधिले बैठकमा अध्यक्षता गरेका मन्त्रीलाई बि्रफिङ गरेका थिए । त्यस अवसरमा उनीहरुले प्रदेशको शान्ति सुरक्षा सामान्य रहेको जानकारी गराएको मन्त्री चुमानले जानकारी दिए ।

उनले भने, ‘आज पहिलो पटक सुरक्षा समितिको बैठक बस्यो, चार वटै अंंगबाट ब्रिफिङ भयो ।’ उनका अनुसार पहिलो बैठकमा प्रदेशमा सुरक्षाको अवस्था बुझ्ने काम मात्र भयो । अब बि्रफिङ नियमित हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment